×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिभुवन अन्तराष्ट्रिय भन्सारमा चार कारोडका सामान लिलाम, जफत गरिएका मोबाइलमात्रै डेढ करोढ बढीका

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

त्रिभुवन अन्तराष्ट्रिय भन्सारमा चार कारोडका सामान लिलाम, जफत गरिएका मोबाइलमात्रै डेढ करोढ बढीका

Artha Sarokar

२५ फाल्गुन २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यायलले करिब चार करोड बराबरको सामान लिलाम बिक्री गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको हालसम्म मोबाइल, मदिरा, सवारीसाधन, कपडा, खाद्य पदार्थ तथा इलेक्ट्रोनिक सामान लिलाम बिक्रीबाट तीन करोड ८९ लाख ८१ हजार पाँच सय ५७ रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

कार्यालयलाई तीन सय ३२ थान मोबाइल लिलाम बिक्रीबाट एक करोड ७३ लाख २६ हजार सात सय चार रुपैयाँ राजस्व प्राप्त भएको छ । यी मोबाइल विदेशबाट फर्किने यात्रुसँग जफत गरिएको हो । यस्तै, दुई हजार पाँच सय पाँच थान मदिरा लिलाम बिक्रीबाट कार्यालयले एक करोड पाँच लाख ८६ हजार छ सय ९७ रुपैयाँ बराबर राजस्व सङ्कलन भएको जनाएको छ ।

सवारीसाधन, कपडा, खाद्य पदार्थ, इलेक्ट्रोनिकलगायतका मालवस्तु लिलाम बिक्रीबाट रु एक करोड १० लाख ६८ हजार एक सय ५६ सङ्कलन भएको विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत नारद पोखरेलले जानकारी दिएका छन् । पोखरेलका अनुसार कानूनअनुसार हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एक व्यक्तिले एउटाभन्दा बढी थान मोबाइल तथा एक बोतलभन्दा बढी मदिरा ल्याउन पाइँदैन ।

कानूनले तोकेभन्दा बढी सङ्ख्यामा ल्याइएका सामग्री भए आर्थिक ऐनबमोजिम भन्सार महसुल तिर्नुपर्ने हुन्छ । कार्यालयले स्वदेशी तथा विदेशीबाट जफत गरिएको एप्पल कम्पनीका आइफोन, सामसुङलगायत महँगा मोबाइल फोन तथा मदिरा बिक्री गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी