- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । सेती प्रादेशिक अस्पतालमा डाक्टरको ढिलासुस्तीका कारण सेवाग्राही समस्यामा परेका छन् । सुदूरपश्चिमको रेफरल सेन्टरको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा चिकित्सकको ढिलासुस्तीका कारण मर्कामा परेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
अस्पतालमा बिहानैदेखि सिटी स्क्यान र एमआरआईका लागि सेवाग्राही लाईनमा बसेका छन् । तर, चिकित्सकको ढिलासुस्तीका लागि घण्टौंसम्म कुर्नुपरेको सेवाग्राहीको गुनासो छ । ‘सरकारी अस्पतालमै सिटिस्क्यान र एमआरआईको सेवा सुरु भएपछि उत्साहित थियौँ, तर डाक्टरले ढिला गर्दा मर्का परेको छ ।’, अस्पताल पुगेका एक सेवाग्राहीले अर्थ सरोकारसँग भने, ‘सुविधा भए पनि समयमा चेकजाँच नहुँदा मर्का परेको छ ।’
यता अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले भने अस्पतालको उक्त सेवा प्रवाहमा ढिलासुस्ती भएको स्वीकार गरेका छन् । अस्पतलमा दुईजना मात्रै रेडियोलोजिस्ट भएकोले सेवा प्रवाहमा केही ढिलाई भएको उपाध्यायको भनाई रहेको छ ।
‘अहिले हामीसँग २ जनामात्रै रेडियोलोजिस्ट हुनुहुन्छ । उहाँहरुले अल्ट्रासाउन्डको पनि रिपोर्टिङ गर्नुपर्छ र सिटिस्क्यानको पनि रिपोर्टिङ गर्नुपर्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘अस्पतालमा अल्ट्रासाउन्ड पनि उहाँहरु आफैले गर्नुहुन्छ । सिटिस्क्यान गर्ने कर्मचारी त छन् त उनीहरुले रिपोर्ट बनाउँदैनन् । अल्ट्रासाउन्ट सकिएपछि सिटिस्क्यानमा जानुपर्ने हुँदा सेवा प्रवाहमा ढिलाई भएको हो, अन्यथा केही होइन ।’
त्यस्तै, उनले सिटिस्यानका सेवा सुरु गरेपछि अस्पतालमा सेवाग्राहीको फ्लो बढे पनि चिकित्सक कम हुँदा समस्या देखिएको स्वीकार गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्