Skip to content
LAXMI SUNRISE BANK

इमानसँग अर्थमन्त्रीले भने- ‘आर्थिक समृद्धिका सवालमा सरकार गम्भीर छ, राजस्व बढे जनताका आवश्यकतम पूरा हुन्छ’

अर्थ सरोकार

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले रोजगार, कर र राजश्वको दायरा विस्तारका लागि निजी क्षेत्रलाई सहजीकरण गर्दै अगाडि बढ्ने बताएका छन् । आइतबार सिंहदरवार आर्थिक मिडिया सञ्चालक संघ (इमान)सँगको अन्र्तक्रियामा मन्त्री महतले यस्तो बताएका हुन् ।

आम्दानी र रोजगारीको दायरा बढाउन व्यवसायमा लगानीको वातावरण सुनिश्चित गरी आर्थिक वृद्धि गर्न सकिने अर्थमन्त्री महतले बताएका छन् । ‘आम्दानी र रोजगारीको दायरा बढाउन उद्योग–व्यवसायमा लगानीको वातावरण सुनिश्चित हुनुपर्छ ।’, उनले भने, ‘यसो भयो भने मुलुकको आर्थिक वृद्धिसँगै राजस्वमा पनि वृद्धि हुन्छ ।’

त्यस्तै, मन्त्री महतले राजस्व बढाउन सके जनताको आवश्यकतालाई पूरा गर्न समस्या नहुने बताए । उनले सरकार अर्थतन्त्रलाई सकारात्मक बाटोमा अगाडि बढाउन गम्भीर रहेको समेत प्रस्टाएका छन् ।

आर्थिक मिडिया संचालक संघ (इमान)सँगको अन्तरक्रियाका क्रममा उनले निजी क्षेत्र र राज्य सँगै अगाडि बढ्दा एक अर्कालाई सहयोग हुने र यसले आर्थिक रुपान्तरण र समृद्धितर्फ लाग्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK