×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ब्याजदर बढ्दा अर्थतन्त्रमा दबाब परेकै हो, अब सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ’- अर्थमन्त्री महत

PRIME CA
GLOBAL IME BANK

‘ब्याजदर बढ्दा अर्थतन्त्रमा दबाब परेकै हो, अब सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ’- अर्थमन्त्री महत

४ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार र निजी क्षेत्र एक आपसमा मिलेर काम गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा उनले अर्थतन्त्रलाई सुधार्न निजी क्षेत्रसँग समन्वय गर्न तयार रहेको बताएका हुन् ।

‘वर्तमान समयमा निजी उद्योगी-व्यवसायीमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस भए पनि केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौंँ ।’, उनले भने, ‘केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्छ ।’ त्यस्तै, उनले महासङ्घको नेतृत्व बैंकर्सको हातमा पुगेको भन्दै देशको अर्थ व्यवस्थाबारे जानकार व्यक्तिले नै समाधानको पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

मन्त्री महतले वर्तमान अवस्थामा सरकारले जसरी काम गर्नुपर्ने हो, त्यसरी काम हुन नसकेको बताए । ‘अहिलेको अवस्था राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ । म स्वीकार गर्न तयार छु । सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ । देशको इफिसेन्सी बढाउने चुनौती छ ।’, अर्थमन्त्री महतले भने, ‘हामीले नीतिगत रुपमा धेरै कुरा भनेका छौँं, तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकिएको छैन ।’

त्यस्तै, आर्थिक क्षेत्रमा कार्यान्वयन गर्नुपर्ने कतिपय विषयमा राजनीति र आर्थिक दायित्वबीच तदम्य नहुँदा समस्या सिर्जना भएको अर्थमन्त्रीको भनाई थियो । योसँगै उनले राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल गरेको जानकारी दिँदै आर्थिक सूचाङ्क अब सकरात्मक हुने विश्वास व्यक्त गरेका छन् ।

निजी क्षेत्रले पनि आफ्नो वास्ताविकता बताउनुपर्ने भन्दै मौद्रिक नीतिलाई सम्बोधन गर्न सरकार तयार रहेको मन्त्री डा.महतले बताए । ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखिएकाले बैंकर्स एशोसियशनले ब्याजदरमा हेरेफेर गरेकाले केही अप्ठ्यारा भएपनि उक्त कदमले समग्र पक्षको आर्थिक सुधारमा भने मद्दत पुगेको उनको भनाई रहेको छ ।

सो अवसरमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र र उद्योगी व्यवसायीले भोग्नुपरेको समस्याका बारेमा जानकारी अर्थमन्त्री महतलाई जानकारी गराएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: