Skip to content
LAXMI SUNRISE BANK

‘हिजो सेयर बजार र घरजग्गामा सहज रुपमा ऋण दिँदा अहिले समस्या आयो’- चन्द्र ढकाल

अर्थ सरोकार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले शेयर र घरजग्गामा सहजरूपमा ऋण दिँदा हाल समस्या देखिएको बताएका छन् । आइविएन मिडिया रिसर्चले आयोजना गरेको ‘अर्थतन्त्रका आन्तरिक समस्या र समाधानका उपाय’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

विगतमा बैंक तथा वित्तीय संस्थाहरुको सेयर र घरजग्गामा लगानी गर्न सहज रुपमा ऋण प्रवाह गरेकै कारण हाल समस्या देखिएको ढकालले बताए । ‘हिजोका दिनमा बैंक तथा वित्तीय संस्थाहरुले सेयर र घरजग्गामा सहज रुपमा ऋण दिए । अहिले यीनै क्षेत्रमा ठूलो रकम फसेको छ ।’, उनले भने, ‘विगतमा गरिएको कमजोरीकै परिणाम अहिले हामी भोग्दै छौँ । यसलाई सुधारको बाटोमा लैजानुपर्छ ।’

त्यस्तै, उनले लगानीको वातावरण बनाउन राज्य र निजी क्षेत्रबीच समन्वय गर्नुपर्ने बताएका छन् । पछिल्लो समय मुलुकमा दक्ष जनशक्ति नहुँदा समस्या भएकोले आन्तरिक र बाह्य बजारमा सहजरूपमा काम गर्नसक्ने दक्ष जनशक्ति निर्माण गरिनुपर्नेमा समेत ढकालले जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले हाल मुलुकका अर्थतन्त्र बाहिर चलेको हल्लाजस्तो अतालिनुपर्ने अवस्थामा पनि नरहेको दाबी गरेका छन् । ‘नेपालको अर्थतन्त्रमा ‘डिप्रेस’ हुनुपर्ने अवस्था छैन । २५ प्रतिशत रेमिट्यान्स बढेको छ, तरलता बढेको छ, ब्याजदर घट्दो छ, सूचक सकारात्मकतिर जाँदैछ, यहाँभन्दा खराब अवस्था आउँदैन’, उनले भने, ‘बरु अब भएको अवस्थालाई माथि उकास्नेतर्फ ध्यान दिनुपर्छ ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK