Skip to content
LAXMI SUNRISE BANK

‘२० लाखभन्दा मुनिको ऋण मिनाह नभएसम्म आन्दोलन रोकिँदैन’- व्यवसायी दुर्गा प्रसाईं (भिडियोसहित)

अर्थ सरोकार

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थामा २० लाख भन्दा मुनिको ऋण मिनाह नभएसम्म आन्दोलन नरोक्ने बताएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले यस्तो बताएका हुन् ।

बैंक तथा वित्तीय संस्थाविरुद्धको देशव्यापी आन्दोलनको नेतृत्व गरिरहेका प्रसाईंले कुनै पनि हालतमा आन्दोलन नरोक्ने बताएका हुन् । ‘हामी संगठन विस्तारको क्रममा छौँ । कोशी प्रदेशमा बैंकहरुलाई धितो लिलाम गर्न नदिने अभियान चलेको छ । यदी कसैले लिलामी गर्न खोज्यो भने बैंक तथा वित्तीय संस्थामा ताला लगाउछौँ ।’, उनले भने, ‘हाम्रो माग र आन्दोलन विपरित कुनै बैंक तथा वित्तीय संस्थाले काम गरे भने उनीहरुलाई गाउँ पस्न रोक लगाइन्छ ।’

त्यस्तै, प्रसाईंले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजका कारण नागरिक मर्कामा परेको भन्दै हाल कायम ब्याज ६ प्रतिशतमा झर्नुपर्ने माग गरेका छन् । ‘अहिलेको ब्याज ६ प्रतिशतमा झर्नुपर्छ । यतिमात्र होइन, कुनै पनि ऋणीहरुको धितो बैंक वित्तीय संस्थाले लिलामी गर्न पाउँदैनन् बरु ‘रि–सेडुलिङ’ गर्नुपर्छ ।’, उनले भने, ‘अहिले त बिना ब्याज ऋण दिए पनि तिर्न सकिने अवस्था छैन । त्यसैले ब्याज घट्नुपर्छ, २० लाखभन्दा मुनिको ऋण कुनै पनि हालतमा मिनाह हुनुपर्छ । यी माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन ।’

पत्रकार सम्मेलनबाटै प्रसाईंले आगामी कार्यक्रमकोसमेत जानकारी दिएका छन् । प्रसाईंका अनुसार बैशाख १६ गते नवलपुर, १७ गते गोलबजार, २३ गते झापा र २५ गते मोरङमा बृहत कार्यक्रम आयोजना हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK