×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली नोटको बिगबिगी: २ सय ६८ थान नक्कली नोटसहित एक जना पक्राउ, सक्कली र नक्कली कसरि चिन्ने ? (भिडियो)

PRIME CA
GLOBAL IME BANK

नक्कली नोटको बिगबिगी: २ सय ६८ थान नक्कली नोटसहित एक जना पक्राउ, सक्कली र नक्कली कसरि चिन्ने ? (भिडियो)

२६ चैत्र २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सर्लाहीमा नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । जिल्लाको बरहथवा नगरपालिका-१७ बागमती सिचाई नहरस्थित सडकबाट नेपाली एक हजार दरको २ सय ६८ थान नक्कली नोटसहित एकजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बलरा नगरपालिका-५ अर्नाहा बस्ने ३० वर्षीय राम प्रसाद राय रहेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय बरथहवाबाट खटिएको प्रहरीले बिआर ३० एम ३८२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा रायको साथबाट नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक राम प्रसादको साथबाट उक्त नोट, २४ थान कागजको बन्डल, २ रिम प्रिन्टर पेपर, र एउटा पत्रिका बन्डल बरामद गरिएको छ ।

साथै उक्त स्थानबाट बिआर ३० ए ५९६८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कसरी चिन्ने नक्कली नोट ?
नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो हुँदैन । सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन् । छाम्दाखेरि चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो। सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ । नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।नक्कली नोटका कारोबारीहरुलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: