×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतबाट पेट्रोलको भाउ लिटरमै साढे ६ रुपैयाँले बढेर आयो, नेपालमा तत्काल मूल्य नबढ्ने !

PRIME CA
GLOBAL IME BANK

भारतबाट पेट्रोलको भाउ लिटरमै साढे ६ रुपैयाँले बढेर आयो, नेपालमा तत्काल मूल्य नबढ्ने !

४ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भारतीय आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोल र डिजेलको भाउ महंगिएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलमा प्रति लिटर साढे ६ रुपैयाँ र डिजलमा प्रति लिटर एक रुपैयाँ बढेर आएको छ ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपालमा तत्कालका लागि भने मूल्य समायोजन नहुने निगमले जनाएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः उकालो गतिमा रहेकोले यसपटक नेपालमा मूल्य समायोजन नहुने तर आगमी १५ दिनको मूल्य अवस्थालाई हेरेर थप निर्णय गर्ने निगमको भनाई रहेको छ ।

यसअघि अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपालमा मूल्य समायोजन नभएपछि प्रधानमन्त्रीको निर्देशनमा पेट्रोलमा ३ रुपैयाँ र डिजेलमा १० रुपैयाँ मूल्य घटाइएको थियो । हाल पेट्रोलयम पदार्थको मूल्य बढेर आउँदा निगमको पाक्षिक नाफा ८० करोडबाट घटेर ६० करोड रुपैयाँमा सिमित हुने निगमले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: