×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

प्राधिकरणको निर्देशनपछि प्रभु लाइफका सञ्चालक पोखरेलले दिए राजिनामा, थप १३ कम्पनीका सञ्चालक अयोग्य ठहर !

BIZBAZAR

काठमाडौं । नेपाल बीमा प्राधिकरणको निर्देशनपछि प्रभु लाइफ इन्स्योरेन्सका सञ्चालक मनिराम पोखरेलले राजिनामा दिएका छन् । बीमा ऐनअनुसार कम्पनीको सञ्चालक बन्न अयोग्य ठहर भएपछि पोखरेलले कम्पनीको सञ्चालकबाट राजिनामा दिएका हुन् ।

प्राधिकरणले यसअघि चैत्र १७ गते पत्र पठाउँदै बीमा ऐन, २०७९ को दफा ५० को ‘ट’ अनुसार सञ्चालकको व्यवस्थापन गरी/गराई १५ दिनभित्र जानकारी पठाउन निर्देशन दिएको थियो । सोही अनुसार पोखरेलले कम्पनीको सञ्चालकबाट राजिनामा दिएका हुन् ।

पोखरेलले बैशाख ३ गतेदेखि लागू हुनेगरी सञ्चालकबाट राजिनामा दिएको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव किशोर प्रसाद लामिछानेले जानकारी दिएका छन् ।

बीमा ऐनको दफा ५० को ‘ट’ अनुसार सार्वजनिक पद धारण गरेको वा सरकारको स्वामित्व प्राप्त संस्था, प्राधिकरण, बोर्ड, बीमक, बैंक तथा वित्तीय संस्थाको बहालवाला कर्मचारीसमेत बीमकको सञ्चालक हुन अयोग्य हुनेछन् । उक्त व्यवस्थाले सरकारी स्वामित्वमा सञ्चालित बीमा कम्पनीसहित १३ कम्पनीका सञ्चालक अयोग्य देखिएका छन् ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal