Skip to content
LAXMI SUNRISE BANK

‘चितवन र भरतपुको विकासका लागि असाधारण योगदान गरेँ, तर विकासले मात्रै जनता सन्तुष्ट नहुने रहेछन्’- प्रचण्ड

अर्थ सरोकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विकासले मात्रै नागरिक सन्तुष्ट नभएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको तेस्रो संस्करणको ‘कान्तिपुर इकोनोमिक समिट २०२३’मा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय विकासले मात्र पनि नागरिक सन्तुष्ट नभएको स्थिति महसुस भएको बताए । ‘चितवन र भरतपुर महानगरपालिकाको विकासका लागि थुप्रै असाधारण योगदान गरेको छु ।’, उनले भने, ‘तर, विकासले मात्रै जनता सन्तुष्ट नभएको महसुस गरेको छु ।’

त्यस्तै, प्रधानमन्त्री दाहालले उपनिर्वाचनको परिणामले विकासका अवाला अन्य केही कुरा मिसिङ भएको समेत बताएका छन् ।

‘विकासले मात्रै जनता सन्तुष्ट हुन्छन् भन्ने होइन रहेछ । गएको पाँच वर्षमा चितवनको जनप्रतिनिधिका रूपमा मैले चितवनमा सिंगै र भरतपुर महानगरपालिकामा विकासको जुन स्तर भएको छ जुन अभूतपूर्व र असाधारण छ ।’, उनले भने, ‘तर, विकासले मात्र जनता सन्तुष्ट नहुने रहेछन् । कहाँनेर के मिसिङ छ हामी सबैले आत्मसमीक्षा गर्नु जरुरी छ ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK