काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार सधैँ लागिपरेको बताएका छन् । गोल्छा गु्रपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को रामग्राम नगरपालिका-११ उद्योगबाट उत्पादन गरेर बिक्री वितरण शुभारम्भको अवसरमा उद्योगमा आयोजित समारोहमा मन्त्री रिजालले यस्तो बताएका हुन् ।
‘कोरियाले नेपाली युवालाई रोजगारी दिनेदेखि नवीनतम प्रविधिको विकासमा वर्षौँदेखि सहयोग गर्दै आएको छ ।’, उनले भने, ‘नेपालमा नै कोरियाली प्रविधिको टेलिभिजन उत्पादनले व्यापार घाटा घट्नुका साथै नेपालमा रोजगारीसमेत बढ्नेमा विश्वास लिएको छु ।’
त्यस्तै, मन्त्री रिजालले विदेशी लगानी र प्रविधि भित्र्याउन राज्यस्तरबाट तयार रहेको समेत बताएका छन् । ‘विदेशी प्रविधि भित्र्याउन आवश्यकपर्ने नीतिगत सुधार गर्न हामी प्रतिबद्ध छौँ ।’, विदेशी लगानी भित्राउनुका साथै प्रविधिको विकासका जोडबल गरेरै भए पनि मुलुककको औद्योगिक क्षेत्र विस्तार गर्नुपर्नेछ ।’
गोल्छा ग्रुपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासीको रामग्राम नगरपालिका–११ मा उत्पादन गरेर बिक्रीवितरण सुरु गरेको छ । गोल्छा गु्रपका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा भएको कार्यक्रममा नेपालका लागि कोरियन राजदूत चोङसुक पार्क, सामसुङ कम्पनीका दक्षिणपूर्व एसियाका सीइयो जेवी पार्क, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवलगायत कम्पनीका प्रतिनिधिको सहभागिता थियो
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्