×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी प्रति नकारात्मक प्रभाव बढेको छ : सहकारी सञ्चालक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सहकारी प्रति नकारात्मक प्रभाव बढेको छ : सहकारी सञ्चालक

Artha Sarokar

२० चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा चैत २० गते सोमबार माईतिघर मण्डलामा प्रभातफेरि आयोजना गरिएको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौंको सञ्चालक अमरावती बालामी महर्जनले सरकारको तीन खम्बे अर्थ नीति मध्ये एक सहकारी भएको बताउँदै सरकारले यसको सुरक्षा र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएकी थिइन् । उनले भनिन्,‘सहकारी बचाउनु पर्छ भन्ने अभियानका साथ अगाडि बढेका छौं । यो अभियानलाई सरकारले सम्बोधन गर्न सकोस । अर्थतन्त्र डामाडोल भएको छ । सरकारको तीन खम्बे अर्थ नीति मध्ये एउटा खम्बा सहकारी हो । त्यसलाई सरकारले हेर्नुपर्छ ।’

यस्तै, सज्जन महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष सीमा परियारले सहकारीको विषयमा नकारात्मक प्रभाव बढ्दै गएको बताइन् । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मर्म बुझेर नकारात्मक प्रभावलाई चिर्नुपर्ने उनको भनाई थियो ।

उनले भनिन्,‘देशमा सहकारीको नकारात्मक प्रभाव बढि भईरहेको छ । तर, सहकारीले एकदमै राम्रो काम गरेको छ । सहकारी अभियान निरास हुन जरुरी छैन् । हामीले राम्रो तरिकाले चलाएका छौं । हामी सबै जुटेर ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मर्म बुझेर नकारात्मक प्रभावलाई चिर्न सक्नुपर्छ ।’

उनले सहकारीको बारेमा परेको नकारात्मक प्रभावलाई चिर्दै सहकारीलाई विकास गर्नुपर्ने विषयलाई जोड दिएकी छिन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी