×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

करोडौँ कुम्ल्याएर अध्यक्ष भागेपछि सहकारी सञ्चालक नै पीडित !

काठमाडौं । दौपदा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष करोडौँ रकम कुम्ल्याएर भागेका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित दौपदा सहकारीका अध्यक्ष कुमार गौतम दौपदा र पुण्यश्वर सहकारीको १४ करोड रुपैयाँ लिएर भागेका हुन् ।

गौतम पुण्यश्वर बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकसमेत हुन् । रामेछापको गुन्सीभदौरे ७ घर भई बनेपा बस्दै आएका गौतम सहकारीको रकम लिएर भागेपछि सहकारीका अन्य सञ्चालकहरु समस्यामा परेका छन् । अध्यक्षले नै रकम कुल्याएर भागेपछि उनीहरु अहिले न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् ।

दौपदा सहकारीका अन्य सञ्चालकका अनुसार उक्त सहकारीको करिब पाँच करोड रकम अपचलन भएको छ । सोही सहकारीका सञ्चालक समितिका उपाध्यक्ष झम्कप्रसाद गौतमको ६५ लाख र उनका दाजु देवीप्रसाद गौतमको ५१ लाखसमेत गौतमले लिएर फरार भएको बताइएको छ । गौतम प्रमुख कार्यकारी अधिकृतसमेत रहेको पुण्यश्वर सहकारीको चौँरीदेउराली र पाँचखाल सेवा केन्द्रमा बचत गर्ने बनेपा नगरसहितका सात हजार दुई सय सदस्यको नौ करोड रकम गौतमले नै खर्च गरेर महिनौँदेखि बेपत्ता भएको पीडितको निवदेनमा उल्लेख छ ।

गौतमका साथै सो सहकारीका सचिव गङ्गाबहादुर तामाङ, अमृत गौतम, टीकालाल श्रेष्ठलगायत ३१ बचतकर्ताले बनेपा नगरपालिका कार्यालय, सहकारी विभाग, जिल्ला प्रशासन, प्रहरी कार्यालयलगायतका स्थानमा उजुरी दिएका छन् । विसं २०७९ पुस २६ गते जिल्ला प्रशासन कार्यालयमा पुण्यश्वर सहकारीले बचत फिर्ता नदिई कार्यालयसमेत बन्द गरेर भागेकाले आवश्यक गरिपाउँ भनी निवेदन दिएको पाइएको छ ।

पीडितले हेटौँडास्थित बागमती प्रदेशको सहकारी मन्त्रालयमा समेत निवदेन दिएका छन् । सोही निवेदनका आधारमा मन्त्रालयले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई खोजकार्य तथा आवश्यक कारबाहीका लागि पत्राचार गरेपछि फरार गौतम तथा सहकारीबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: