×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सदस्यले आफूलाई मालिक सम्झे सहकारीको समस्या सुल्झिन्छ: जिसी

काठमाडौँ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीका सदस्यहरूले आफूलाई ग्राहकका रुपमा नभई संस्थाको मालिकका रुपमा बुझ्दा सहकारीका समस्या समाधान हुने बताएका छन् । विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनीम्याग्दीले शनिवार आयोजना गरेको वित्तीय साक्षरता तथा सदस्य अन्तरक्रिया कार्यक्रममा सहजीकरण गर्दै जिसीले यस्तो बताएका हुन् ।

‘सहकारी सदस्यहरूको आर्थिक सहभागिता सहित सञ्चालन हुने सहकारीमा सदस्यले आफुलाई मालिकको रुपमा नभई ग्राहकको रुपमा हेर्ने गरेका कारण समस्या देखिएको हो ।,’ जिसीले भने, ‘जुनदिन देखि सदस्यहरुले आफूलाई मालिकका रुपमा बुझ्न थाल्छन् त्यो दिनदेखि सहकारीहरु समस्यामुक्त हुन्छन् ।’

सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सञ्चालकहरुले सदस्यहरुको चाहना र आवश्यकताका आधारमा योजना बनाउने, शेयर सदस्यहरुले संस्थाको योजनालाई सफल पार्नका लागि सहयोग गर्ने र कर्मचारीले दैनिक कार्यलाई प्रभावकारी रुपमा सञ्चालन नगर्न सके सहकारीका समस्या समाधानभई सहकारी मार्फत आर्थिक तथा सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्न सकिने बताए ।

सहकारीमा यतिबेला बचत फिर्ताको चाप बढेको भन्दै जिसीले बचत फिर्ताको चाप बढ्दै गए त्यसको असर ऋणी सदस्यहरुमा पर्ने भएकाले ऋण लगेर भुक्तानी नगरेका सदस्यहरूले यतिबेला ध्यानदिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा बेनीनगरपालिका ६ का वडा अध्यक्ष कृष्ण बाँनियाले विश्वामित्र सहकारीमा सदस्यहरुको सक्रिय सहभागिता, सञ्चालकहरुको प्रभावकारी सञ्चालन र कर्मचारीहरुको सही व्यवस्थापन भएकाले सहजताका साथ सञ्चालन भइरहेको जानकारी दिए । बजारमा चल्ने हल्लाका पछि नलागी संस्थाको यथार्थ अवस्था बुझेर ढुक्कका साथ कारोबार गर्न उनँले सबै शेयर सदस्यहरुलाई आव्हान समेत गरे ।

यस्तै संस्थाका अध्यक्ष यामबहादुर बानियाले शेयर सदस्यहरुको चाहना र भावना अनुसार संस्था सञ्चालन भएकाले दिर्घकालिन लक्ष्यका साथ अगाडि बढेको बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: