×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसईई परीक्षामा नक्कली परीक्षार्थीको बिगबिगी, मोरङको ३ परीक्षा केन्द्रबाट १ सय १६ जना विद्यार्थी पक्राउ !

GLOBAL IME BANK

एसईई परीक्षामा नक्कली परीक्षार्थीको बिगबिगी, मोरङको ३ परीक्षा केन्द्रबाट १ सय १६ जना विद्यार्थी पक्राउ !

२३ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मोरङमा एसईई परीक्षाका १ सय १६ जना विद्यार्थी पक्राउ परेका छन् । मोरङको तीनवटा परीक्षा केन्द्रबाट प्रहरीले नक्कली परीक्षार्थीको आशंकामा १ सय १६ जनालाई पक्राउ गरेको हो ।

नक्कली विद्यार्थीको आशंकामा मोरङको ग्रामथान गाउँपालिका २ स्थित सरस्वती माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जना विद्यार्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक रञ्जन दाहालले बताएका छन् ।

डिएसपी दाहालका अनुसार उनीहरुलाई एउटाको नाममा अर्कैले परीक्षा दिएको पाइएपछि नियन्त्रणमा लिइएको हो । तर, नियन्त्रणमा लिइएकाहरु कुन-कुन विद्यालयका विद्यार्थी हुन् भन्ने नखुलेको डिएसपी दाहालले बताएका छन् । नक्कली विद्यार्थीको आशंकामा ५२ जनालाई नियन्त्रणमा लिए पनि नक्कली विद्यार्थीको पहिचान भईरहेको प्रहरीको भनाई छ ।

त्यस्तै, मोरङकै केराबारी गाउँपालिका ७ स्थित सार्वजनिक माध्यामिक विद्यालयबाट ४४ र सुन्दरहरैचा नगरपालिका १ स्थित जनता माध्यामिक विद्यालयबाट २० जना पक्राउ परेको प्रहरीले बताएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: