×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चढ्नै नहुनेगरी बदनाम बन्दै नेपाली हवाई यात्रा : सीता एयरले दाङबाट काठमाडौं आउने यात्रुलाई नेपालगञ्ज लगेर छाडिदियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

चढ्नै नहुनेगरी बदनाम बन्दै नेपाली हवाई यात्रा : सीता एयरले दाङबाट काठमाडौं आउने यात्रुलाई नेपालगञ्ज लगेर छाडिदियो

Artha Sarokar

२० चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । झुर व्यवस्थापन, लगातारका दुर्घटना लगायतका कारण बदनाम बनिरहेको नेपाली हवाई यात्रामा अर्को त्यस्तै नमज्जाको घटना थपिएको छ । अनेक विवादमा बेलाबेला तानिने गरेको सीता एयरले दाङबाट काठमाडौं आउन टिकट काटेका यात्रुलाई नेपालगञ्जमा झारेर अलपत्र पारेको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले घटनाको पुष्टी गरेको छ ।

घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्राधिकरणले छानविन प्रक्रिया अगाडि बढाएको समेत जानकारी दिएको छ । घटनाबारे प्राधिकरणले भनेको छ- ‘सीता एयर प्रालिले १५ चैतमा दाङबाट काठमाडौं आउने यात्रु लिई नेपालगञ्ज गएको र त्यहाँ अलपत्र पारी अन्य सेक्टरमा उडान गर्न गएको विषयमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भई सो सम्बन्धमा छानविन प्रक्रिया अगाडि बढाइएको छ ।’

हिजोमात्र नेपाल एयरलाइन्सका कर्मचारीलाई पखाला लागेपछि उडान डिले हुँदा यात्रुहरु अलपत्र भएको खबर बाहिरिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी