×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समस्यामा सुमेरु सहकारीः सबै शाखा बन्द हुँदा सर्वसाधारणको ८ अर्ब डुब्ने जोखिम, बचतकर्ताको बिचल्ली !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार

PRIME CA
laxmi sunrise bank

समस्यामा सुमेरु सहकारीः सबै शाखा बन्द हुँदा सर्वसाधारणको ८ अर्ब डुब्ने जोखिम, बचतकर्ताको बिचल्ली !

काठमाडौं । देशभर सहकारी भाग्ने क्रम बढीरहेको बेला ललिपुरको सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ पनि संकटमा देखिएको छ । पछिल्लो लामो समयदेखि बचतकर्ताको बचत पनि फिर्ता गर्न नसकेको सुमेरु सहकारी तरलता व्यवस्थापन गर्न नसक्दा झनै संकटमा देखिएको हो ।

ललितपुरको पुल्चोकमा केन्द्रिय कार्यालय रहेको सुमेरु सेभिङ एण्ड क्रेडिट कोओपरेटिभमा सर्वसाधारणको झण्डै ८ अर्ब रुपैया बचत रकम डुब्ने खतरा बढेको छ । सहकारीबाट उठेको सुमेरु गू्रपले हस्पिटल, कलेज, रियलस्टेट लगायतका क्षेत्रमा लगानी विस्तार गरेको थियो । तर, मन्दिका कारण सबै क्षेत्र धरासायी बनेपछि सहकारी डुब्ने खतरा बढेको हो ।

सहकारीको ठुलो रकम हिनामिना गरेको आरोप लागेका पूर्व अध्यक्ष भरत मर्हजन लामो समयदेखि बेलायतमा हराएपछी सदस्यहरुको बिचल्ली भएको छ । पूर्व अध्यक्ष भरत मर्हजनसहित उनका आफन्त सञ्चालकहरुले स्थापना गरेको सो सहकारीले अहिले जनताको ८ अर्ब रकम फिर्ता गर्न नसकेको बचतकर्ताहरुले बताएका छन् । बचतकर्तालाई फिर्ता गर्नुपर्ने ८ अर्बमध्ये ५ अर्ब बढी रकम अहिले बेलायतमा रहेका पूर्व अध्यक्ष मर्हजनले नै चलाएको आरोप बचतकर्ताको रहेको छ ।

हाल सो सहकारीले चलाएको सुमेरु सिटि हस्पिटल, धापाखेलमा रहेको सुमेरु हस्पिटल, कलेजसमेत अर्बौं ऋणमा रहेको बुझिएको छ । तर, संस्थाको नयाँ नेतृत्वले सम्पूर्ण अवस्था ठिक रहेको भन्दै झुक्याएको आरोप बचतकर्ताको रहेको छ । ‘महिनौ भयो आफूले जम्मा गरेको बचत फिर्ता माग्दा पनि पाइएको छै ।’, सहकारीका एक बचतकर्ताले भने, ‘हुन्छ-हुन्छ भन्छन् तर पैसा नै दिँदैनन् । अहिले त कति दिन भयो सहकारी नै बन्द छ ।’

सहकारी संकटमा रहेको चर्चाकाबीच सहकारीका कतिपय सदस्यहरु विदेश जाने तरखरमा रहेकोसमेत हल्ला चलेको छ । सुमेरु सहकारीका एकाउन्टेण्ट अहिले अष्टेलियामा छन् । अरु सहकारी भागेजस्तै सुमेरु सहकारी पनि भाग्ने खतरा बढेपछि सहकारीका बचतकर्ता थप सशंकित बनेका छन् । हाल सो सहकारीका केन्द्रिय कार्यालय सहित ४ वटै शाखा बन्द अवस्थामा छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: