- भुमिदत्त तिवारी
कैलाली । कैलालीमा आगलागी नियन्त्रण सम्बन्धी कृतिम अभ्यास (रक्षा) गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरको आयोजनामा मंगलबार धनगढी उपमहानगरपालिका १८ डिपो बजारमा उक्त कृतिम अभ्यास गरिएको हो ।
आगलागी नियन्त्रण सम्बन्धी कृतिम अभ्यास कायक्रममा आगलागी भएको अवस्थामा कसरी नियन्त्रण गर्ने ? वा कसरी सुरक्षित रहने भन्ने बारे डेमो प्रदर्शन गरिएको थियो ।
गर्मीयाम सुरु भएसँगै तराई भूभागमा बढ्ने आगलागीको जोखिमलाई ध्यानमा राख्दै नियन्त्रणबारे कृतिम अभ्यास गरेको सशस्त्र प्रहरी बल नेपाल नं.३४ गण हेड क्वाटर कैलालीका गणपति सशस्त्र प्रहरी उपरिक्षक रामहरी अधिकारीले बताएका छन् । ‘गर्मीयाममा तराई क्षेत्रमा आगलागीको अत्याधिक जोखिम हुन्छ । कतिबेला, कहाँ, कसरी आगलागी हुन्छ थाहा हुँदैन । आगलागी हुने बित्तिकै पनि उद्धार टोली पुगिहाल्छ भन्ने पनि हुँदैन ।’, कार्यक्रममा बोल्दै सप्रउ अधिकारीले भने, ‘त्यसैले सबैभन्दा पहिलो हामी आफै सचेत हुनुपर्छ । सकेसम्म आगलागी हुन नदिने र भईहाल्यो भने कसरी जोगिने भन्ने बारेमा ध्यान दिनुपर्छ । त्यही कारण आज यो आगलागी सम्बन्धी कृतिम अभ्यास गरिएको हो ।’
त्यस्तै, सशस्त्र प्रहरी उपरिक्षक अधिकारीले उक्त अभ्यासले नागरिकमा आगलागी नियन्त्रणसम्बन्धी सचेतना फैलिएको हुनसक्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै, आगलागी भईहालेको खण्डमा नजिकैको प्रहरी, सशस्त्र प्रहरी वा दमकल सहायताको लागि तत्कालै खबर गर्न पनि उनले आग्रह गरेका छन् ।
मंगलबार आयोजित उक्त आगलागी सम्बन्धी कृतिम अभ्यास (रक्षा)मा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरिक्षक बिकास थापा, जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख प्रशासकिय अधिकृत शिवराज जोशी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत लक्ष्मी प्रसाद जोशी, स्थानिय जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. फुलबारी, जुगेडा, बंगराकटान, लल्लिपुरका बि.ओ.पि. प्रमुख, ईलाका प्रहरी कार्यालय बहुलियाका कार्यालय प्रमुख, अस्थायी ट्राफिक पोष्ट २५ घरका पोष्ट प्रमुख तथा पत्रकार लगायत गरी कुल दुई सय बढी जनाको सहभागिता रहेको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्