काठमाडौं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपछी दुवै कम्पनीले आइतबारदेखि युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।
युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स १००ः८२.५ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन् । दुवै कम्पनीलाई नेपाल बीमा प्राधिकरणले जेठ २ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । त्यस्तै, रजिष्टारको कार्यालयबाट जेठ ८ गते दुबै कम्पनीबीच मर्जर प्रयोजनका लागि नाम परिवर्तन तथा पूँजी वृद्धि सहितको प्रबन्धपत्र, नियमावली संशोधन अभिलेख भई नेपाल धितोपत्र बोर्डबाट मर्जरको लागि जेठ ९ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
मर्जरपछि बनेको युनाइटेड अजोड इन्स्योरेन्सको कुल चुक्ता पूँजी एक अर्ब ९७ करोड २ लाख रुपैयाँ पुगेको छ । हाल युनाइटेडको चुक्ता पूँजी एक अर्ब ७ करोड रुपैयाँ र अजोडको चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको छ । मर्जरपछि युनाइटेड अजोड इन्स्योरेन्सको अध्यक्ष अजाद श्रेष्ठ रहनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा एसके रावललाई नियुक्त गर्ने तयारी गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्