×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य तीन दलका शीर्ष नेता संलग्न रहेको स्वतन्त्र सांसद सिंहको आरोप

GLOBAL IME BANK

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य तीन दलका शीर्ष नेता संलग्न रहेको स्वतन्त्र सांसद सिंहको आरोप

३१ बैशाख २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले नक्कली शरणार्थी प्रकरणमा तीन दलका शीर्ष नेता समेत संलग्न भएको आरोप लगाएका छन् । आइतबार लालितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण सतहमा आएसँगै तीन दतलका शीर्ष नेताको भेटघाट बाक्लिनुले यो प्रकरणमा शीर्ष नेताहरुको संलग्नताको पुष्टी गर्ने सांसद सिंहको भनाई छ ।

‘यो घटनामा सञ्चारमाध्यम सजग रहनुपर्छ । यसलाई निरन्तर ‘वाच’ गरिएन भने कुरो बिग्रिन्छ ।’, उनले भने, ‘अहिले तीन दलका शीर्ष नेताको बैठक नै यसबाट कसरी निस्किने भन्ने उपायको खोजीमा भइरहेको छ । यदि यो घटनामा शीर्ष नेताहरु जोडिए भने नेपालको राजनीतिका लागि ‘टर्निङ पोइन्ट’ हुन्छ । देश नयाँ नेतृत्वमा जान्छ ।’

त्यस्तै, सांसद सिंहले यसअघि निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलको हेडक्वाटर मलेसियामा तत्कालिन प्रधानमन्त्रीका छोरा नै ७५ करोडको ‘डिल’ गर्न पुगेको दाबी छ । तर, को प्रधानमन्त्रीको छोरा भन्ने उनले खुलाएनन् । उनले नेपालको लोकतन्त्र समेत विदेशिको हातमा रहेको टिप्पणी गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: