×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदमा आरजुको आक्रोश- ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो नाम जोडेर चरित्रमाथि बलात्कार गरियो’

PRIME CA
GLOBAL IME BANK

संसदमा आरजुको आक्रोश- ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो नाम जोडेर चरित्रमाथि बलात्कार गरियो’

१ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाली कांँग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो चरित्रमाथि बलात्कार भएको भन्दै आक्रोश पोखेकी छिन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले यस्तो आक्रोश पोखेकी हुन् ।

संसदमा बोल्दै उनले आफ्नो बारेमा भ्रम फैलाएर गलत ‘टेप’ सार्वजनिक गरेर चरित्र हत्या गरिएको बताइन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको बताउँदै उनले सार्वजनिक भएको ‘अडियो टेप’को सत्यतथ्य पत्ता लागाउनुका साथै दोषीलाई यथाशिघ्र कार्वाहीको माग गरेकी छिन् ।

‘हाम्रो देशमा गलत समाचारको परकाष्टा पुगेको रहेछ । मेरो चरित्रमाथि बलात्कार भएको छ ।’, उनले भनिन्, ‘टेपको सत्यतथ्य उजागर गरियोस् । जति जनाको नाम आएको छ, दोषी हो वा होईन भन्ने बारे प्रष्ट हुनुपर्छ ।’

त्यस्तै, सांसद राणाले यो काण्ड देशको सबैभन्दा लज्जास्पद विषय भएकोसमेत टिप्पणी पनि गरेकी छिन् । भुटानी शरणार्थी प्रकरणको ‘टेप’को अडियो आफ्नो नभएको जिकिर गर्दै उनले सत्य उजागर गर्न आग्रह गरेकी छिन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: