काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई हिरासतमा ‘ज्वाँई सुविधा’ दिएको पाइएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणलाई बुधबार नै जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर, उनलाई प्रहरी परिसर टेकुले थुनासा नराखी छुट्टै बासको व्यवस्था गरेको छ । हाल खाँणलाई दुई जना सुरक्षा प्रहरीको निरिक्षणमा प्रहरी नायब उपरिक्षक (डिएसपी)हरु बस्ने कोठामा राखिएको छ ।
यता प्रहरीले भने हिरासतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका अन्य व्यक्तिहरु भएकोले सँगै राख्न उपयुक्त नहुने भन्दै खाँणलाई छुट्टै राख्ने व्यवस्था गरिएको जनाएको छ ।
यसो त पूर्वगृहमन्त्री खाँणलाई छुट्टै बासको व्यवस्था मात्रै गरिएको छैन, बरु छुट्टै खानाको समेत व्यवस्था गरिएको छ । हिरासतमा नराखी छुट्टै बासको व्यवस्था पाएका खाँणलाई प्रहरीले हाल क्यान्टिनको खाना खुवाईरहेको छ । ‘बुधबार साँझको खानामा उहाँले अचार पनि माग्नुभएको थियो ।’, एक प्रहरी अधिकृतले भने– ‘त्यसपछि उहाँलाई क्यान्टिनबाट अचार मगाएर दिएका हौँ ।’
सोही प्रकरणमा पक्राउ पूर्जी जारी भएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने अझै फरार रहेका छन् । बुधबार प्रतिनिधिसभामा बिरामीको पत्र पठाएका रायमाझी बुधबार नै आत्मसमर्पण गर्ने भनिएको भए पनि अझै सम्पर्कविहीन छन् । उनलाई एमालेले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्