×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पक्राउ परेका पूर्वगृमहन्त्री खाँणको मोबाइल पनि फर्म्याट, रिकभरीका लागि प्रयोगशाला पठाइयो

PRIME CA

पक्राउ परेका पूर्वगृमहन्त्री खाँणको मोबाइल पनि फर्म्याट, रिकभरीका लागि प्रयोगशाला पठाइयो

२९ बैशाख २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पूर्व गृहमन्त्री खाँणको मोबाइल फर्म्याट भएको पाइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणको मोबाइल ‘चेक’ गर्दा मोबाइल फर्म्याट भएको पाइएको हो ।

बुधबार आफ्नै निवासबाट पक्राउ परेका खाँणको साथबाट बरामद गरिएको मोबाइलको डेटा अनुसन्धान गर्दा मोबाइल फर्म्याट भएको खुलेको थियो । मोबाइलमा अधिकांश डेटा ‘मिसिङ’ पाएपछि हाल प्रहरीले उनको मोबाइल रिकभरीका लागि प्रयोगशाला पठाएको छ ।

खाँणको मोबाइल फर्म्याट हुनुले ठगीमा उनको पनि संलग्नता छ भन्ने आशंका गर्ने थुप्रै ठाउँ छोडेको छ । यसो त यसअघि पक्राउ परेका सचिव टेकनारायण पाण्डेको मोबाइल पनि फर्म्याट भएको थियो । तर, डेटा रिकभरी गर्दा उक्त प्रकरणमा पूर्वगृहमन्त्री खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीको संलग्नताको थप प्रमाण फेला परेको थियो । ‘खाँणको मोबाइल रिकभरीका लागि पठाईसकेका छौँ ।’, एक प्रहरी अधिकृतले भने, ‘रिकभरी गर्दा थप प्रमाण भेटिन्छ कि भन्ने छ ।’

यसअघि पक्राउ परेका सचिव पाण्डेको मोबाइलमा खाँणले पठाएको म्यासेज भेटिए पनि सोही म्यासेज खाँणको मोबाइलमा नभेटिएपछि प्रहरी उनको मोबाइल फर्म्याट भएको निश्कर्षमा पुगेको हो ।

प्रहरीले खाँणले प्रयोग गर्ने ‘सिम’को सिडिआर (कल डिटेल) भने यसअघि नै निकालिसकेको छ । उक्त सिडिआरमा खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरुसँग पटक–पटक संवाद गरेको पाइएको थियो । उक्त डिटेलअनुसार सो प्रकरणका बारेमा खाँणले सबैभन्दा बढी संवाद पूर्वगृहसचिव पाण्डेसँग गरेको खुलासा भएको छ ।

बुधबार पक्राउ परेका खाँणको अझैसम्म पनि बयान लिने काम भएको छैन । हाल उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: