काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलको डिजिटल जाँच रिपोर्ट प्रहरीले प्राप्त गरेको छ । तर, जाँच रिपोर्ट अनुसार खाँणको मोबाइलमा नक्कली शरणार्थी प्रकरणसँग सम्बन्धित प्रमाण भने नभेटिएको प्रहरीले जनाएको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम संकलन गर्ने संगठित गिरोहमा संलग्न रहेको भन्दै प्रहरीले बैशाख २७ गते खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई उनकै निवासबाट पक्राउ गरेको थियो । खाँण पक्राउ परेलगत्तै उनको मोबाइलमा केही विवरण ‘मिसिङ्ग’ पाइएको थियो । विवरण मिसिङ्ग पाइएपछि फर्म्याट भएको आशंकासहित प्रहरीले उनको मोबाइल रिकभरीका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो ।
तर, फरेन्सिक रिपोर्टमा खाँणको मोबाइलमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे सम्बन्धित कुनै पनि प्रमाण नभएको प्रहरीको भनाई छ । ‘खाँणको मोबाइलको विवरण आएलगत्तै यस प्रकरणबारे थप रहस्य खुल्ने अपेक्षा गरिएको थियो ।’, काठमाडौं प्रहरी परिसरका एक प्रहरीले भने, ‘तर, रिपोर्टमा त्यस्तो कुनै पनि प्रमाण फेला परेन ।’ योसँगै उक्त प्रकरणको अनुसन्धान अझै माथिल्लो तहसम्म जानसक्ने सम्भावना खाँणसम्मै रोकिएको प्रहरीको भनाई छ ।
उक्त प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । पक्राउ परेका १६ जनालाई नै प्रतिवादी बनाएर प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्