×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘हाइप्रोफाइल’ पक्राउ गर्नुपर्ने चौतर्फी दबाबकाबीच ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता

अर्थ सरोकार

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार

PRIME CA

‘हाइप्रोफाइल’ पक्राउ गर्नुपर्ने चौतर्फी दबाबकाबीच ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका ‘हाइप्रोफाइल’ अभियुक्त पक्राउ गर्न चौतर्फी दवाव भइरहेका बेला प्रमुख राजनीतिक दलका शिर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।

करिब एक घण्टाको भेटवार्तामा नक्कली भुटानी शरणार्थी प्रकरण जोडिएका ‘हाइप्रोफाइल’ अभियुक्तका सम्बन्धमा छलफल भएको थियो । बैठकमा बजेटका सम्बन्धनमा पनि छलफल भएको थियो । बैठक सकिएर देउवा र ओली बालुवाटारबाट बाहिरिसकेका छन् ।

प्रधानमन्त्री सचिवालयका सदस्य सुर्यकिराण शर्माले प्रधानमन्त्रीसहित काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको जानकारी दिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, उनीकी श्रीमति मञ्जू खाण, देउवाकी श्रीमति डा. आरजू देउवा मुछिएका छन् ।

खाणले घटनाको अनुसन्धानका क्रममा बयान समेत दिइसकेका छन् । तर, उनलाई प्रहरीले पक्राउ भने गरेको छैन । घटनामा जोडिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने अझै फरार छन् । उनी विरुद्ध पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले मातहतका सबै जिल्ला प्रहरी कार्यालयमा पत्रचार गरिसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: