काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १३ नयाँ ब्रोकर कम्पनीलाई एलओआई (आशयपत्र) दिने निर्णय गरेको छ । बोर्डको सञ्चालक समितिको बैठकले बुधबार थप १३ नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र प्रदान गर्ने निर्णय गरेको हो । बोर्डबाट एलओआई पाउने नयाँ कम्पनीमध्ये २ वटा वित्तीय संस्था र ११ वटा व्यक्तिगत रहेका छन् ।
योसँगै धितोपत्र बोर्डबाट नयाँ ब्रोकर लाइसेन्सका लागि एलओआई पाउने कम्पनीको संख्या २९ पुगेको छ । यसअघि बोर्डले १६ वटा कम्पनीलाई एलओआई दिइसकेको छ । लाइसेन्सका लागि आवेदन दिएका ४५ मध्ये २९ कम्पनीले एलओआई पाइसकेका छन् भने बाँकी कम्पनीलाई पनि मापदण्डका आधारमा छिट्टै एलओआई दिने बार्डको तयारी रहेको छ ।
नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया बोर्डले ‘फास्ट ट्रयाक’मा अघि बढाएपछि लगानीकर्ता पनि थप उत्साहित बनेका छन् । बोर्डको यो काम पूँजी बजार सुधारका लागि कोसे ढुँगा साबित हुने धेरैको भनाई छ ।
ब्रोकरसँगै बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्सको प्रक्रिया पनि अघि बढाइसकेको छ । यी हुन् आशयपत्र पाउने थप १३ नयाँ ब्रोकर कम्पनीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्