काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रियाका बारेमा भईरहेको विरोधप्रति आपत्ति जनाएको छ । एक विज्ञप्ती जारी गर्दै बोर्डले भ्रामक रुपमा नयाँ ब्रोकरको विषयमा अफवाह फैलाइएको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
पूँजी बजारका सुधारका लागि भन्दै बोर्डले पछिल्लो समय नयाँ ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया तिव्र गतिमा अघि बढाएको छ । तर, केही संस्थाहरुले धितोपत्र दलाल व्यवसायलाई प्रतिस्पर्धी हुन नदिई सीमित व्यवसायीको घेराभित्र राख्ने कुण्ठित मनसायबाट प्रेरित भई नयाँ ब्रोकर लाइसेन्सविरुद्ध अनआवश्यक आरोप लगाएको बोर्डले जनाएको छ ।
तर, यसरी फैलाइएका अफवाहमा कुनै पनि सत्यता नभएको बोर्डको दाबी छ । ‘धितोपत्र बोर्डलाई विभिन्न प्रकारका आधारहीन, कपोकल्पित आरोपहरु लगाइएकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।’, बोर्डद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘समग्र धितोपत्र बजार विकास तथा विस्तारमा निरन्तर पहलकदमी लिइरहेको सन्दर्भमा आफ्नो न्यूनतम व्यवसायिक मर्यादालाई समेत कायम नराखी निश्चित आन्मकेन्द्रित स्वार्थ प्रेरित विज्ञप्ती प्रकाशित गरी समग्र बजार विकासमा बाधा पुर्याउन भएको प्रयासप्रति बोर्ड खेद प्रकट गर्दछ ।’
बोर्डले अघि सारेको नयाँ ब्रोकर लाइसेन्स प्रक्रियामा लाइसेन्स प्राप्तिका लागि ठूलो आर्थिक चलखेल भएको भन्दै विद्यमान ब्रोकर्स एशोसिसन अफ नेपालले आरोप लगाएको थियो । तर, उक्त आरोप पूर्णरुपमा निराधार रहेको भन्दै बोर्डले आपत्ति जनाएको छ ।
नयाँ ब्रोकर लाइसेन्सका लागि एलओआई पाएका ४३ वटा कम्पनीहरुको संगठन न्यू स्टक ब्रोकर एसोसिएसन नेपालले पनि उक्त आरोप पुष्टी गर्न भन्दै चेतावनीसमेत दिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्