Skip to content
LAXMI SUNRISE BANK

कक्षा १२ को परीक्षा सुरु, ५६ हजार विद्यार्थी परीक्षामा सहभागी

अर्थ सरोकार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १२ को वार्षिक परीक्षा मंगलवारबाट सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा मध्यान्न १२ बजे सकिनेछ । परीक्षा ५ जेठसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा बोर्डले परीक्षाका लागि मुलुकभर एक हजार चार सय ५७ केन्द्र तोकेको छ । परीक्षामा मुलुकभरका ५६ हजारभन्दा धेरै विद्यार्थी सहभागि भएका छन् । परीक्षाका लागि बोर्डले प्रश्नपत्र यसपटक पनि अनलाइन माध्यमबाट पठाएको छ । २०७७ को कोभिड–१९ देखि बोर्डले प्रश्नपत्र अनलाइन माध्यमबाट पठाउन सुरु गरेको हो ।

यसपटकको परीक्षामा नन् ग्रेड(एनजी) ल्याएको विद्यार्थी पनि सहभागि भएका छन् । नन् ग्रेड प्राप्त बिषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था भएपछि विद्यार्थीले राहत पाएका छन् । सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै नन् ग्रेट प्राप्त बिषयमा मात्रै परीक्षा दिन पाउने व्यवस्था गरेपछि विद्यार्थीले राहत पाएका हुन् ।

यसअघ दुईभन्दा धेरै बिषयमा नन् ग्रेड ल्याए सबै बिषयको परीक्षा दिने व्यवस्था थियो । सरकारको उक्त निर्णयपछि परीक्षा दिने विद्यार्थीको संख्या बढेको छ । बोर्डका अनुसार नयाँ व्यवस्था कार्यन्वयन भएपछि नन् ग्रेड ल्याउने ५८ हजार विद्यार्थी लाभान्वित भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK