×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कम्प्लेन’ नआउने गरी काम गर्न बैंकहरुलाई गभर्नरको निर्देशन, भने- ‘सेवा र शुल्कबारे स्पष्ट जानकारी दिनू’

PRIME CA

‘कम्प्लेन’ नआउने गरी काम गर्न बैंकहरुलाई गभर्नरको निर्देशन, भने- ‘सेवा र शुल्कबारे स्पष्ट जानकारी दिनू’

२८ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई ग्राहकमुखी सेवा प्रवाह गर्न आग्रह गरेका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको सेवाप्रति ग्राहकको गुनासो बढिरहेको भन्दै गभर्नर अधिकारीले बैंकहरुलाई गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका हुन् ।

राष्ट्र बैंकको गुनासो सुनुवाई, ग्राहक संरक्षण इकाईद्धारा आयोजित छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । ‘पछिल्ला दिनमा बैंकहरुप्रति ग्राहकको गुनासो बढ्दो छ । यसलाई ध्यानमा राखेर सेवा प्रवाह गर्नू ।’, उनले भने, ‘आफ्ना ग्राहकहरुलाई ब्याजदर र अन्य शुल्कबारे स्पष्टसँग जानकारी गराएर मात्रै काम गर्नू ।’

त्यस्तै, गभर्नर अधिकारीले सम्पूर्ण वाणिज्य बैंकका सीईओहरुलाई बैंकका सम्पूर्ण सेवा र शुल्कबारे स्पस्ट जानकारी गराई गुणस्तरीय सेवा प्रवाह गर्नसमेत निर्देशन दिएका छन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले कर्जा असुली र सेवा शुल्क बढी लिएकोबारे राष्ट्रबैंकको गुनासो इकाईमा ‘कम्प्लेन’ बढ्न थालेपछि राष्ट्र बैंकको गुनासो सुनुवाई, ग्राहक संरक्षण महाशाखाले छलफलको आयोजना गरेको थियो । छलफलमा सम्पूर्ण वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँगै गुनासो विभागका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: