काठमाडौं । सरकारले अध्यागमन डेस्कको कार्य सम्पादनमा कडाई गरेको छ । संवेदनशील क्षेत्र भए पनि पछिल्ला दिन अध्यागमन डेस्कमा लापरवाही बढेपछि सरकारले यसतर्फ चासो देखाएको हो ।
अध्यागमन डेस्कको सेवालाई चुस्त बनाउनका लागि कडाई गरिएको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले बताएका छन् । अधिकारीका अनुसार अब अध्यागमन डेस्कमा बस्ने कर्मचारीले सुर्तीजन्य पदार्थ र चुइगम सेवन गर्न प्रतिबन्ध गरिएको छ । विभागका महानिर्देशक अधिकारीले सबै अध्यागमन कार्यालयका नाममा जारी गरेको निर्देशनमा ‘अध्यागमन डेस्कमा बस्ने तथा ड्युटीमा रहेको कुनै पनि कर्मचारीले सुर्तीजन्य पदार्थ, गुट्खा, चुइगम सेवन कदापी नगर्ने’ उल्लेख गरिएको छ । सोही निर्देशनमार्फत अधिकारीले कर्मचारीलाई मुस्कानसहितको सेवा प्रवाह गर्न समेत निर्देशन दिएका छन् ।
‘पछिल्ला दिन अध्यागमन डेस्कका बारेमा थुप्रै गुनासाहरु प्राप्त भएका छन् । डेस्कको उद्धेश्य सेवाग्राहीलाई सहजता प्रदान गर्नु हो, चुस्त सेवा प्रदान गर्नु हो ।’, अधिकारीले भने, ‘सेवा प्रवाह गर्दा आतिथ्यतालाई उच्च प्राथमिकता दिन समेत निर्देशन दिइएको छ ।’
त्यस्तै, अधिकारीले कार्यालयमा हेल्प डेस्क राख्ने र त्यसमा अनिवार्य कर्मचारी खटाउन समेत सबै अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएका छन् । ड्युटीको समयमा सबै कर्मचारीले अनिवार्य ड्रेस कोडको पालना गर्नुपर्ने र तोकिएको समयसम्म ड्रेसमै बस्नु पर्ने समेत निर्देशनमा उल्लेख छ । ड्युटी अवधिभर कुनै पनि अध्यागमन अधिकृतले तोकिएको डेस्क छाड्न पाउने छैनन् । कारणवश छाड्नु परेमा सँगैको अर्को अधिकृतसँग सल्लाह गरेर वा ड्युटी अफिसरसँग अनुमतिमा मात्र डेस्क छाड्न पाइने गरी महानिर्देशकले निर्देशन जारी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्