×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

टोपबहादुरलाई पक्रनू षडयन्त्रपूर्ण छ भनेका ओलीले फेरे बोली, भने- ‘एमाले भ्रष्टाचारीलाई जोगाउने पक्षमा छैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले भ्रष्टाचारीलाई जोगाउने पक्षमा आफू नरहेको बताएका छन् । आफ्नो पार्टी भ्रष्टाचार र भ्रष्टाचारीको पक्षमा नरहेको दाबी गर्दै उनले एमालेले कसैको पनि दोषको ढाकछोक नगर्ने बताएका हुन् ।

‘एमालेले कसैको पनि दोष र अपराधलाई ढाकछोक गर्दैन ।’, उनले भने, ‘कोही पनि दोषीलाई एमालेले बचाउ गर्दैन र भ्रष्टाचार कसैले गर्छ भने जान्छ । व्यक्तिगत भ्रष्टाचारलाई एमाले पनि समर्थन गर्दैन ।’ त्यस्तै, ओलीले एमालेविरुद्ध षड्यन्त्र हुन्छ भने त्यसको मुकाबिला गर्न आफू तयार रहेको समेत बताएका छन् ।

अध्यक्ष ओलीले भ्रष्टाचारको मुद्दामा प्रमाणले तानिनुपर्ने भन्दै केही दिनअघि गिरफ्तार भए पनि मान्छेलाई किन छाडियो भनेर प्रश्न समेत गरेका छन् । नक्कली भुटानी शरणार्थीका सम्बन्धमा प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने ओलीको भनाई छ । ‘दोषीलाई न्यायको कठघरामा उभ्याउनु पर्दछ । निर्दोषलाई फसाउने कोसिस गर्नुहुँदैन ।’, उनले भने, ‘सरकारले दोषीलाई कार्वाही गरोस् ।’

तर, एमाले अध्यक्ष ओलीको यस्तो अभिव्यत्तिपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भईरहेको छ । यतिसम्मकी धेरैले उनलाई ‘राजनीतिका खेलाडी’का रुपमा समेत आलोचना गरेका छन् ।

यसै पनि नक्कली भुटानी शरणार्थी प्रकरणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको भेट केही बाक्लिएको छ । बिना कुनै एजेण्डा र योजना यसरी ओलीले तारान्तार प्रचण्डलाई भेट्नुलाई पनि धेरैले शंकाकोणबाट विश्लेषण गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी भएसँगै ओली अलि बढी सक्रिय बनेका छन् । यसो त उनले पत्रकारहरुसँगै भनेका थिए– ‘बहालवाला सांसदलाई हिँड्दा-हिँड्दै पक्रनु षडयन्त्रपूर्ण छ । उहाँ भागेर जाने मान्छे होइन ।’ तर, केही दिनअघि आफ्नो पार्टीका सांसदको बचाउ गर्दै यस्तो अभिव्यक्ति दिएका ओलीले ‘दोषीलाई कार्वाही गर्न सरकारलाई सघाउँछु’ भनेपछि उनी झन् विवादित बनेका छन् ।

यसो त ओलीलाई टोपबहादुर कहाँ छन् ? भन्ने विषय थाहा भएको उनी निकट स्रोतले बताएको छ । यसैबीच ओलीले ‘एमालेले भ्रष्टचारीलाई जोगाउँदैन’ भन्ने अभिव्यक्ति दिएपछि धेरैले उनको यो अभिव्यक्तिलाई हाँस्यास्पद अभिव्यक्तिका रुपमा मात्रै टिप्पणी गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: