×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदबाटै ओलीको प्रश्न- ‘यो गठबन्धन देश र जनतालाई सुख दिन बनेको हो कि दुःख दिन ?’

PRIME CA

संसदबाटै ओलीको प्रश्न- ‘यो गठबन्धन देश र जनतालाई सुख दिन बनेको हो कि दुःख दिन ?’

७ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकारले जनतको पक्षमा काम गर्न नसकेको बताएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि धारणा राख्दै ओलीले यसपालीको नीति तथा कार्यक्रमले जनलक्षित कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरेका छन् ।

त्यस्तै, ओलीले संसदबाटै बर्तमान सरकारको काम र लक्ष्य स्पष्ट नभएको बताएका छन् । ‘यो गठबन्धनले कसका लागि काम गर्दैछ ?’, प्रधानमन्त्रीसँग प्रश्न गर्दै ओलीले भने, ‘यो गठबन्धन देश र जनतलाई सुद दिन बनेको हो कि देश र जनतालाई दुःख दिन बनेको हो ?’

सोही क्रममा एमाले अध्यक्ष ओलीले नीति तथा कार्यक्रममा सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजेको आरोप लगाएका छन् । त्यस्तै, उनले देशको अर्थतन्त्रको अवस्थाबारे समेत सरकारले नीति तथा कार्यक्रममा उल्लेख नगरेको समेत बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: