×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नीति तथा कार्यक्रममाथि ओलीको टिप्पणी- ‘देशको असमान्य आर्थिक अवस्थालाई सरकारले लुकाउने खोज्यो’

PRIME CA

नीति तथा कार्यक्रममाथि ओलीको टिप्पणी- ‘देशको असमान्य आर्थिक अवस्थालाई सरकारले लुकाउने खोज्यो’

७ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम व्यवसायीमैत्री नभएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले पछिल्लो समय आर्थिक संकटका कारण व्यवसायीको खस्केको मनोबल उकास्ने गरी आउन नसकेको दाबी गरेका छन् ।

संसदमा कार्यक्रममाथि टिप्पणी गर्दै ओलीले देशको असमान्य आर्थिक अवस्थालाई सरकारले लुकाउन खोजेको आरोप समेत लगाएका छन् । ‘व्यवसायीको खस्केको मनोवल लगायतका यथार्थहरुलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रमहरु आएका छैन्न् ।’, उनले भने, ‘अझ दुभाग्र्यपूर्ण त के छ भने ? देश असामान्य अवस्थामा रहेको यथार्थलाई सरकारले लुकाउन खोजेको छ । लुकाउन मात्र हैन, रोम जालिरहेको छ, निरो बाँसुरी बजाईरहको छ ।’

नीति तथा कार्यक्रममाथी टिप्पणी गर्दै ओलीले भने– ‘दस्तावेज यति विरोधाभाषी छ कि बुँदा नम्बर ५ मा भन्छ, सब ठीकठाक छ । विश्वास बढेको छ उत्साह बढेको छ । अर्थतन्त्र सप्रेको छ । तर, १४ औं नम्बरमा पुग्दा अर्थतन्त्र अप्ठ्यारोमा छ । सरकार बेखबर भएको हो कि ? नबुझेको हो कि ?’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: