×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘नीति तथा कार्यक्रम मुलुकको हितमा छैन, प्रधानमन्त्रीले फिर्ता लिनुभएन भने छक्का हानेर ‘रिङ्ग आउट’ गर्नुपर्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम फिर्ता लिनुपर्ने बताएका छन् ।

आर्थिक वर्ष २०८० ८१ का लागि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले मुलुकको समृद्धिमा भुमिका नखेल्ने दाबी गर्दै ओलीले उक्त नीति तथा कार्यक्रम समर्थन नगर्ने जनाएका छन् ।

त्यस्तै, ओलीले उक्त नीति तथा कार्यक्रमलाई समर्थन नगर्न पनि अन्य दललाई आह्वान गरेका छन् । ‘मैले आज यतिसमय लिएर व्याख्या गर्नुको अर्थ के हो भने ? म अरु पार्टीहरुलाई पनि देशप्रति जिम्मेवार भएर सोच्न आग्रह गर्छु ।’, उनले भने, ‘यो नीति तथा कार्यक्रमले केही पनि हुने वाला छैन । यसलाई पारित गर्नुहुँदैन । यो पारित गर्न योग्य छैन । पहिलो कुरा सम्माननीय प्रधानमन्त्री ज्यूले फिर्ता लिनुस्, लिनुहुन्न भने छक्का हानेर पठाईदिनुपर्छ ‘रिङ आउट’ ।

संसदमा कार्यक्रममाथि टिप्पणी गर्दै ओलीले देशको असमान्य आर्थिक अवस्थालाई सरकारले लुकाउन खोजेको आरोप समेत लगाएका छन् । ‘व्यवसायीको खस्केको मनोवल लगायतका यथार्थहरुलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रमहरु आएका छैन्न् ।’, उनले भने, ‘अझ दुभाग्र्यपूर्ण त के छ भने ? देश असामान्य अवस्थामा रहेको यथार्थलाई सरकारले लुकाउन खोजेको छ । लुकाउन मात्र हैन, रोम जालिरहेको छ, निरो बाँसुरी बजाईरहको छ ।’

नीति तथा कार्यक्रममाथी टिप्पणी गर्दै ओलीले भने– ‘दस्तावेज यति विरोधाभाषी छ कि बुँदा नम्बर ५ मा भन्छ, सब ठीकठाक छ । विश्वास बढेको छ उत्साह बढेको छ । अर्थतन्त्र सप्रेको छ । तर, १४ औं नम्बरमा पुग्दा अर्थतन्त्र अप्ठ्यारोमा छ । सरकार बेखबर भएको हो कि ? नबुझेको हो कि ?’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: