×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकको खाताबाट ९ लाख रुपैयाँ हराएपछि ग्राहक मुर्छा परे, बैंक भन्छ- ‘ह्याकरले चोर्यो होला’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

माछापुच्छ्रे बैंकको खाताबाट ९ लाख रुपैयाँ हराएपछि ग्राहक मुर्छा परे, बैंक भन्छ- ‘ह्याकरले चोर्यो होला’

Artha Sarokar

८ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो समय बैंकबाट पैसा हराएको घटना एकपछी अर्को हुँदै सार्वजनिक भईरहेका बेला माछापुच्छ्रे बैंकबाट पनि ग्राहकको गायब भएको पाइएको छ । बैंकको रौतहटस्थित चन्द्रपुर शाखाबाट बृन्दावन नगरपालिका ३ का रामेश्वरराय यादवको ९ लाख रुपैयाँ हराएपछि आक्रोशित स्थानीयले बैंक नै घेर्न पुगेपछि यो घटना सतहमा आएको हो । आफुले दु:ख गरेर कमाएको पैसा बैंकबाट नै हराएपछि उनी मुर्छासमेत परेका थिए ।

भएको के हो ?
आइतबार यादव चेक साट्न भन्दै रौतहतको चन्द्रपुर शाखामा पुगे । खातामा प्रयाप्त रकम रहेको एकिन भएका उनी ८ लाख रुपैयाँको चेक साट्न भन्दै बैंक गएका थिए । तर, जब उनले बैंकको ट्रेलरमा चेक दिए तब उनको खातामा पैसा नै थिएन । आफ्नो खातामा भएको लाखौँ रकम खाताबाटै गायब भएको थाहा पाएपछि यादब मुर्छित भए । ‘मेरो खातामा कति पैसा थियो भन्ने थाहा पाएरै मैले ८ लाखको चेक साट्न बैंक गएको हुँ । शुक्रबार त मेरो खातामा रकम जम्मा भएको म्यासेज नै आएको छ ।’, यादवले भने, ‘तर, आइतबार बैंक पुग्दा खातामा पैसा नै देखिएन । मैले निकालेको पनि छैन र कतै ट्रान्सफर पनि गरेको छैन । अनि बैंकबाटै मेरो पैसा कसरी चोरी भयो ?’

पीडित यादवका अनुसार शुक्रबारसम्म उनको खातामा १२ लाख २० हजार रुपैयाँ थियो । बिहीबार बिहान उनले १२ लाख २० हजार रकम भएको नेपाल बैंक लिमिटेडको चेक नम्बर ०१२७६४९९७३ को ९ लाख, सोही बैंकको चेक नम्बर ०१२७६४९९७४ बाट २ लाख २० हजार र ग्लोबल आईएमई बैंकको ००५८०१६७५२ नम्बर चेकको १ लाखको भौचर भरेर माछापुच्छ्रे बैंकमा जम्मा गर्न (क्लिरियन्समा) दिएका थिए ।

शुक्रबारमात्रै आफ्नो खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको म्यासेज पनि आएको यादवले दाबी गरेका छन् । उनका अनुसार आइतबार ८ लाखको चेक लिएर साट्न बैंक पुग्दा बैंकका कर्मचारीले खाताबाट ९ लाख रुपैयाँ गायब भएको जानकारी दिएका थिए । शुक्रबारसम्म खातामै रहेको पैसा रहस्यमय तरिकाले हराएपछि आइतबार पीडित पक्षले बैंकको रौतहटस्थित चन्द्रपुर शाखा घेराउ गरेका थिए । आइतबार बिहान रकम हराएको थाहा पाउने बित्तीकै बैंक घेराउ गर्न पुगेका उनीहरुले साँझसम्म नै बैंक घेराउ गरेका हुन् । पीडित पक्षले बैंकबाटै हराएको रकम फिर्ताको माग गरेका छन् ।

बैंक भन्छ- ‘मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गरिएको छ’
यता बैंकको चन्द्रपुर शाखाका शाखा प्रबन्धक रामजी दासले भने ग्राहकले नै रकम ट्रान्सफर गरेको दाबी गरेका छन् । बैंकमा रहेको यादबको खाताबाट ९ लाख रुपैयाँ झिकिएको स्वीकार गर्दै उनले उक्त रकम मोबाइल बैंकिङबाट ट्रान्सफर भएको बताएका छन् । ‘यो रकम मोबाइल बैंकिङबाट ट्रान्सफर भएको हो । उहाँले मोबाइल बैंकिङ चलाउनुभएको छ । मोबाइल बैंकिङबाटै रकम ट्रान्सफर भएको देखिन्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ब्रान्च मेनेजर दासले भने, ‘अब आरोप त जसले जे लगाउँदा पनि हुन्छ तर सत्य कुरा प्रमाणले देखाउँछ । थप विषयमा छानबिन हुँदैछ ।’

यसो त शाखा प्रबन्धक दासले यसअघि यादबको खाताबाट रकम ‘ह्याकर’ले  चोरी गरेको बताएका थिए । ‘ह्याकरले यादवको खाताबाट पैसा तानेको छ’, ‘दासले भने, ‘यसमा हामी केही गर्न सक्दैनौं ।’

तर, खाताबाट रकम गायब भएको थाहा पाएपछि पनि मेनेजर दास आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको यादवको आरोप छ । ‘बैंक सुरक्षित हुन्छ भनेर पैसा खातामा राखेको हो । तर, बैंक खाताबाटै रकम चोरी भएको छ ।’, पीडित यादवले भने, ‘तर, बैंकभने हराएको पैसा आफै पत्ता लगाउनुस् भन्छ । हामीले कसरी पत्ता लगाउने ?’

प्रशासन भन्छ- ‘छानविन हुँदैछ, ग्राहकको रकम फिर्ता हुनुपर्छ’
माछापुच्छ्रे बैंकको उक्त शाखाबाट रकम हराउनु रहस्यमय भएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धमेन्द्र कुमार मिश्रले बताएका छन् । बैंक खाताबाटै रहस्यमय रुपमा ग्राहकको रकम गायब हुनु निकै संवेदनशील विषय भएको बताउँदै उनले उक्त घटनामाथि छानबिन सुरु गरेको बताए । ‘माछापुच्छ्रे बैंकको चन्द्रपुर शाखाबाट ग्राहक जानकारी बिना खातामा रहेको ९ लाख रुपैयाँ हराएको हो । आइतबार आक्रोशित बनेका पीडितले बैंक घेराउ पनि गरेका थिए ।’, सिडिओ मिश्रले अर्थ सरोकारसँग भने, ‘यसरी कसैको खाताबाट अनाधिकृत रुपमा रकम हराउनु गलत हो । पीडितले आफ्नो रकम फिर्ता पाउनुपर्छ ।’

त्यस्तै, सिडिओ मिश्रले उक्त प्रकरण सतहमा आएपछि बैंकको हेडअफिसबाट पनि टोली आउन लागेको जानकारी दिए । ‘बैंकको टोली आउँदैछ । प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।’, उनले भने, ‘यदी यो केसमा बैंकका कर्मचारीको मिलेमतो देखियो भने कार्वाही हुन्छ ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी