×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माधव नेपालको दाबी – ‘कांग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारको प्रतिस्पर्धा चलिरहेको छ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिष्पर्धा भईरहेको बताएका छन् । बुधार मदन–आश्रित स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अहिले नेपाल पूर्ण रुपमा भ्रष्टाचारको दलदलमा फसेको नेपालको दाबी छ । ‘नेपाल अहिले भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । के कम्युनिष्ट ? के कांग्रेस ? भ्रष्टाचार गर्ने कुरामा लगभग प्रतिस्पर्धा नै भइरहेको छ ।’, उनले भने, ‘यसमा कुनै पनि विचार र सिद्धान्तले काम गरेको छैन ।’

त्यस्तै, अध्यक्ष नेपालले अहिलेको यो परिस्थितिमा नेपाली राजनीतिलाई जोगाउनै मुस्किल भएको तर्क गरेका छन् ।

कार्यक्रमबाटै अध्यक्ष नेपालले नेकपा एमालेभित्रका अलोकतान्त्रिक विचारलाई हटाउन एमाले नेता तथा कार्यकर्ताहरूलाई सुझावसमेत दिएका छन् । ‘अहिले पनि हेर्ने हो भने पार्टीभित्र अलोकतान्त्रिक चरित्रहरु विद्यमान छन् । त्यसैले पार्टीहरुको लोकतान्त्रिककरण गर्न आवश्क छ ।’, उनले भने, ‘नेकपा एमाले पार्टीभित्र भएको अलोकतान्त्रिक नीति भन्दा नेता प्रधान भन्ने विचारमा गईरहेको छ । मेरो अनुरोध छ, पार्टी भित्रको गलत विचारलाई पहिचान गर्नुहोस् र पार्टीलाई लोकतान्त्रिक बनाउनुस् ।’

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: