सिन्धुपाल्चोक । नेपालबाट चीन समान निर्यात गर्ने भन्दै बडो तामझाम गरिएपनि चिनियाँ अधिकारीहरुले बनाएको नयाँ नियमका कारण पहिलो दिन नै नाकामा लफडा देखिएको छ । स्वतन्त्र रुपमा नेपाल र चीनबीच आयात निर्यात गर्ने भनिए पनि तातोपानी नाकामा नेपाली ट्रकहरूलाई सीमा पार गर्न नदिएको पाइएको छ । चिनियाँ ट्रकहरुमै समान स्थानान्तरण गरेर चिनियाँ ट्रकहरुमामात्र समान लैजान पाइने भएपछि निर्यातमा समस्या देखिएको हो ।
तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले सीमामा ल्याइएको नयाँ नियमबारे थाहा नभएको दाबी गरे । उनले आफुलाई थाहा भएसम्म यात्रु र सवारीको आवागमन सुचारु गर्ने विषयमा अर्को बैठकमा छलफल हुने थाहा भएको बताए । यद्यपी चिनतर्फ नेपाली यात्रु र कन्टेनरलाई सहज आवागमन नभएको विषयमा आफुहरु सचेत भएको उनको तर्क छ ।
लामो समयदेखि नेपाल र चीन जोड्ने उत्तरी नाकामा समस्या देखिंदै आएको छ । भूकम्पपछि रोकिएको नाका पछि कोरोनापछि झन् ठप्प भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्