Skip to content
LAXMI SUNRISE BANK

नेपाल एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगियो, समस्या देखिएपछि काठमाडौं फिर्ता !

अर्थ सरोकार

काठमाडौं । नेपाल एयरलाइन्सको ट्विनअटर जहाज दुर्घटनाबाट जोगिएको छ । बिहीबार काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौँ फिर्ता ल्याइएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको ‘नाइन एन एबीटी’ कल साइन रहेको ट्विनअटरमा केही समस्या देखिएपछि काठमाडौँ फिर्ता गरिएको नेपाल एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सका अनुसार ट्विनअटरको ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि उडेको केही समयमा जहाज फिर्ता गरिएको हो । जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षित रुपमा अवतरण गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK