×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नियम विपरित काम गरेको भन्दै राष्ट्र बैंकद्धारा १ फाइनान्स र ४ विकास बैंकलाई कार्वाही

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार

PRIME CA
laxmi sunrise bank

नियम विपरित काम गरेको भन्दै राष्ट्र बैंकद्धारा १ फाइनान्स र ४ विकास बैंकलाई कार्वाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले चार वटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । गैरस्थलगत सुपरीवेक्षणको आधारमा ती बैंक तथा वित्तीय संस्थालाई कार्वाही स्वरूप नगद जरिवाना गरिएको राष्ट्र बैंक अन्तर्गतको वित्तीय संस्था सुपरीवेक्षण विभागले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार नियम विपरीत काम गरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक र मल्टिपर्पस फाइनान्सलाई कम्पनीलाई कारबाहीस्वरुप नगद जरिवाना गरेको हो । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई पाँचौँ पटक र सालपा विकास बैंकलाई प्रथम पटक कार्वाही गरिएको छ ।

त्यस्तै, अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) कायम नगरेको भन्दै नारायणी डेभपलपेन्ट बैंकलाई पहिलो, दोस्रो र तेस्रो पटक कारबाही गरिएको छ । राष्ट्र बैंकका अनुसार कर्पोरेट डेभलपमेन्ट बैंकलाई रु एक लाख ९६ हजार २ सय ६५ रुपैयाँ ३० पैसा, सालपा विकास बैंकलाई एक लाख १० हजार ६ सय ६२ रुपैयाँ २६ पैसा, नारायणी डेभलपमेन्ट बैंकलाई दुई लाख ५१ हजार ३ सय २४ रुपैयाँ ७३ पैसा र सप्तकोशी डेभलपमेन्ट बैंकलाई रु १९ लाख ३६ हजार ६ सय ३५ रुपैयाँ ५७ पैसा नगद जरिवाना गरेको हो ।

योसँगै नारायणी डेभलपमेन्ट बैंकलाई पहिलो पटक तीन हजार ९ सय ४८ रुपैयाँ ५३ पैसा, दोस्रो पटक ६३ हजार ७ सय ८२ रुपैयाँ ७८ पैसा र तेस्रो पटक एक एक लाख आठ हजार ७ सय ७० रुपैयाँ २१ पैसा जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा मल्टिपर्पस फाइनान्सलाई अनिवार्य नगद मौज्दात अनुपात नपुर्याएको भन्दै दुई हजार ७ सय १ रुपैयाँ ३ पैसा जरिवाना गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: