×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

देशको अवस्था कस्तो ? काठमाडौंदेखि धनगढी जानभन्दा भैरहवाबाट मलेसिया जान सस्तो !

SAGARMATHA CEMENTS

काठमाडौं । काठमाडौंदेखि धनगढी जानभन्दा भैरहवाबाट मलेसिया जान सस्तो भाडा पर्ने भएको छ । राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जेठ २९ गतेदेखि सुरु गर्ने भैरहवा-मलेसिया उडानको भाडादर काठमाडौं-धनगढी भन्दा सस्तो पर्ने भएको हो ।

निगमका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट मलेसिया-भैरहवा उडानको भाडादर १२ हजार सात सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, निगमले मलेसिया-भैरहवा-काठमाडौं रुटको भाडादर भने १४ हजार ७ सय २० रुपैयाँ कायम गरेको छ । जबकि काठमाडौं-धनगढीको भाडादर नै प्रतियात्रु १५ हजार ७ सय पर्न जान्छ ।

निगमले मलेसियाको क्वालालाम्पुर अन्तराष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न निकट भविष्यमा यात्रु ओसारपसार गर्ने बसको व्यवस्था गर्ने निगममा प्रवक्ता रमेश पौडेलले बताएका छन् ।

हाल निगमको तालिकाअनुसार टिकट बुकिङ खुला भइसकेको छ । नेपाल एयरलाइन्सले २९ जेठदेखि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट मलेसियाका लागि साताको एउटा उडान गर्ने भएको छ । बजारको माग र आवश्यकताका आधारमा अन्य गन्तव्यमा पनि उडान गर्न सक्ने निगमले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान शुरु गर्ने निर्णय गरेको निगमले जनाएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal