×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक संकटबारे बोल्दै प्रधानमन्त्री प्रचण्डले भने – ‘सन् २०२३ मा आर्थिक मन्दीको प्रभाव अलि बढी पर्छ’

अर्थ सरोकार

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार

PRIME CA

आर्थिक संकटबारे बोल्दै प्रधानमन्त्री प्रचण्डले भने – ‘सन् २०२३ मा आर्थिक मन्दीको प्रभाव अलि बढी पर्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मुलुकमा देखिएको आर्थिक संकटको चुनौतिकाबीच सन् २०२३ थप जटिल हुने बताएका छन् । ‘नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३’लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले विश्वव्यापी रुपमा देखापरेको मन्दीको असर यसवर्ष केही बढी पर्ने बताएका छन् । ‘सन् २०२३ आर्थिक मन्दिको प्रभाव वर्षका रुपमा रहने अन्तराष्ट्रिय स्तरबाटै प्रक्षेपण गरिएको छ । यसबाट नेपाल मात्रै अछुतो रहने कुरा भएन ।’, उनले भने, ‘अहिले विश्वव्यापी रुपमा देखिएको मन्दीको असर नेपालमा परेको छ र अझै पर्छ पनि तर यसका लागि हामी तयार छौँ ।’

त्यस्तै, उनले गतवर्ष मुलुकमा देखिएको अर्थतन्त्रलाई हल्लै–हल्लाले झनै आतंकित बनाएको बताउँदै अहिले अवस्था त्यस्तो नरहेको दाबी गरेका छन् । ‘कुनै बेला नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग दाँजेर आतंक मच्चाइयो । देश टाँटै पल्टियोसम्म पनि भनियो । तर, अवस्था खासमा त्यस्तो छैन ।’, प्रधानमन्त्री दाहालले भने, ‘अर्थतन्त्र निकै गम्भीर अवस्थामा रहेकै हो तर आतंकित बन्नुपर्ने अवस्था छैन। सुधारका लागि सरकार प्रयत्रत छ ।’

अर्थतन्त्र सुधारका लागि सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने पनि उनको भनाइ छ । अर्थतन्त्रको खराब अवस्था चलिरहँदा सरकार, मातहतका निकाय, विकास साझेदार, प्रमुख राजनीतिक दल र सरोकारवाला सम्पूर्ण पक्षहरू एकाकार भई आर्थिक गतिविधिलाई तीव्र बनाउन लाग्नुपर्ने दाहालले बताए ।

संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउनु वर्तमान अवस्थाको प्रमुख आवश्यकता रहेको पनि प्रधानमन्त्रीको भनाइ छ । ‘विभिन्न आन्तरिक तथा बाह्य आर्थिक गतिविधिमार्फत् आर्थिक वृद्धि हासिल गर्न सरकार पूर्ण सजगता र सक्रियताका साथ लागि परिरहेको छ । विभिन्न चुनौतीका बाबजूद अहिले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको कुरा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँकडाहरूले प्रष्ट पारेका छन्’, उनले भने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: