काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्व लडाकूको शिविरमा कुनै पनि भ्रष्टाचार नभएको दाबी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो दाबी गरेका हुन् ।
पूर्व लडाकूको शिविरमा ठूलो भ्रष्टाचार भएको भन्दै भइरहेको हल्लाको खण्डन गर्दै प्रधानमन्त्री दाहालले यी सब आरोप पूर्वाग्राही भएको बताएका छन् । ‘लडाकू शिविरको भ्रष्टाचारको आरोप पूर्ण रुपमा पूर्वाग्राही छ ।’, प्रधानमन्त्री दाहालले भने, ‘यदी यो विषयमा कसैले दिएको उजुरीमा दोषी देखिए जेल जान तयार छु ।’
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले पूर्व लडाकू शिविरको भौतिक पूर्वाधार र रासन पानीका लागि दिएको सम्पूर्ण रकमको अडिट रेकर्ड नै रहेको दाबी गरेका छन् । ‘त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री, डा. रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो ।’, उनले भने, ‘उहाँहरुले रुजु गरिसकेको यो विषयलाई राजनीतिक आग्रह-पूर्वाग्रहका साथ उठाउने गरेको देख्दा म आफैं अश्चर्यमा परेको छु ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्