×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नक्कली शरणार्थी प्रकरणमा बालकृष्ण खाँणको संलग्नताबारे महतले खोले मुख, भने- ‘निर्दोष साबित हुन्छु भन्नुभएकै छ’

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणको संलग्नताबारे कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले मुख खोलेका छन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यो प्रकरणमा कांग्रेस नेताको संलग्नताका बारेमा धारणा व्यक्त गरेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई एमालेले निलम्बन गरेसँगै नेपाली कांग्रेसमाथि नैतिक प्रश्न उठेको थियो । हिरासतमा रहेका बालकृष्ण खाँणलाई के गर्ने भन्ने विषयमा पार्टीमा प्रश्न उठे पनि सो विषयमा कांग्रेस अनिर्णित नै छ ।

मंगलबार पत्रकार सम्मेलनमा सञ्चारकर्मीले गरेको प्रश्नको जवाफ दिँदै डा. महतले भने– ‘अनुसन्धान जारी छ । उहाँले म निर्दोष छु, आफूलाई निर्दोष साबित गर्छु भनिरहेकाले निलम्बनको निर्णय पार्टीले नगरेको हो । तर हाम्रो पार्टीले स्वतन्त्र रुपमा निष्पक्ष छानबिनमा सहयोग गर्छ ।’

त्यस्तै, डा.महतले उक्त प्रकरणमा मुछिएको भनिएकी पूर्वगृहमन्त्री खाँणकी पत्नी मन्जु खाँणलाई पार्टीले फलो नगरेको बताए । ‘मन्जु खाँण कहाँ हुनुहुन्छ पार्टीले फलो गरेको छैन ।’, उनले भने, ‘यो प्रकरणमा दुधको दुध पानीको आओस् । अनुसन्धानमा पार्टीले सहयोग गर्छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: