काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मुटु चेक गर्न चाहेको बताएका छन्् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रवि लामिछानेले यस्तो बताएका हुन् ।
बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रसंग उठाउँदै रविले प्रधानमन्त्री दाहालको मुटु काम्न थालेको महसुस भएको टिप्पणी गरेका छन् । ‘प्रधानमन्त्रीज्यु, तपाईले मुटु कमाउँदिन भन्नुभएको छ । अब म तपाईंको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने भन्नुस । काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने मलाई शंका लागेको छ ।’, उलने भने, ‘नाम मुछिएकाहरुलाई एकपटक पनि बयानका लागि नबोलाउँदा अविश्वासको वातावरण सिर्जना भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भएको यो विषयलाई सामसुम थामथुम नगर्नुहोला ।’
त्यस्तै, उनले नक्कली शरणार्थी प्रकरणको छानविनका लागि संसदीय छानविन समिति गठनको गर्नुपर्ने माग राखेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल भएको छानबिन समितिले नेपाली जनताले चाहेको जस्तो परिणाम आउन नसक्ने दाबी गर्दैै उनले विशेष छानबिन समितिको माग गरेका हुन् ।
रास्वापा सभापति लामिछानेले नेपालमा निर्वाचन प्रणाली खर्चिलो भएको बताएका छन् । योसँगै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले आर्थिक क्रियाकलापमा सबै भन्दा बढी असर गरेको नाकाबन्दी शब्द छुटाएको भन्दै आपत्ति जनाएका छन् । ‘हाम्रो आर्थिक क्रियाकलापमा बढी असर गरेको नाकाबन्दी भन्न सरकारले छुटाएछ । छुटाए छ की डराएछ म अहिले भन्न सक्दिन । नाकाबन्दी बिर्सिने विषय होइन ।’, उनले भने, ‘अर्थतन्त्र अन्योलको स्थितिमा छ । तैपनि यसलाई राजनीतिक र प्रशासनिक नेतृत्वले गम्भीरताका साथ हेरिएको देखिँदैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्