×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजेट चुनावी नाराजस्तो भयो, हेर्दा चिटिक्क छ तर लक्ष्य प्राप्त गर्ने आधार छैनन्’- रवि लामिछाने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलवार

PRIME CA
laxmi sunrise bank

‘बजेट चुनावी नाराजस्तो भयो, हेर्दा चिटिक्क छ तर लक्ष्य प्राप्त गर्ने आधार छैनन्’- रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी आर्थिक वर्षको बजेट चुनावी नाराजस्तो भएको टीप्पणी गरेका छन् । बजेट प्रस्तुत भएलगत्तै सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै लामिछानेले यस्तो बताएका हुन् ।

सरकारले प्रस्तुत गरेको बजेट निर्वाचनमुखी जस्तो भएको रविको भनाई छ । ‘बजेट वितरणमुखी छ । चुनाव आउन लाग्यो, चुनावमा बाँड्नुपर्छ भन्ने खालको देखियो ।’, उनले भने, ‘हेर्दा र सुन्दा एकदमै आकांक्षा राखेको देखिन्छ तर लक्ष्य प्राप्त गर्ने आधार भने देखिदैन ।’

आगामी आर्थिक वर्षको बजेटमा सरकाले लिएको राजस्व संकलनको लक्ष्य विरोधाभास रहेको समेत रविले बताएका छन् । त्यस्तै, सरकारले बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहन गर्न खोजेको, अनलाइन प्रविधिलाई प्रोत्साहन गर्न खोजेको, कम्पनी दर्ता गर्नेहरुका लागि गरेको सहजता केही अपेक्षामुलक देखिए पनि समग्र रुपमा बजेट प्राप्त गर्न नसकिने र छरिएको रहेको टीप्पणी गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: