काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला–ठूला भ्रष्टाचारमा प्रमुख दलहरुबीच दलीय सहमति देखिएको आरोप लगाएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण लगाएतका भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध बिहीबार राप्रपाले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै लिङ्दनले ठूला भ्रष्टाचारका काण्डहरुमा सबै दलका ठूला दलका नेताहरुको संलग्नता भएकै कारण जतिसुकै भ्रष्टाचार मुद्दा सार्वजनिक भएपनि टुङ्गो लाग्न नसकेको बताएका हुन् ।
सभामा अध्यक्ष लिङदेनले शरणार्थी प्रकरण पनि विदेशी चासोका कारण अनुसन्धान भएको भन्दै यसलाई पनि अनुसन्धान नै नसकी फाइल बुझाउने तयारी भइरहेको बताए । ‘ठूला–ठूला भ्रष्टाचारका घटनामा ठूला दलहरुबीच सहमति भएका छन् ।’, नक्कली भुटानी शरणार्थी प्रकरण पनि विदेशी चासोका कारणले मात्रै अनुसन्धानको दायरामा आएको हो । तर, अनुसन्धान ने नसकी फाइल बुझाउने तयारी गरिएको छ ।’
त्यस्तै, उनले नक्कली शरणार्थी प्रकरणमा कसैलाई पनि छुट दिन नहुने र राष्ट्रघाती काम गर्ने सवैलाई कडा भन्दा कडा कार्वाही गर्न माग गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्