Skip to content
LAXMI SUNRISE BANK

बृहत सहकारी एकीकरणः अन्त सहकारी भागिरहेका बेला बाँकेमा भने आठ सहकारी मर्जरमा गए

अर्थ सरोकार

काठमाडौं । पछिल्ला दिन देशव्यापी रुपमा सहकारी क्षेत्र समस्यामा परिरहेका बेला बाँकेका आठवटा सहकारी एकीकरण भएका छन् ।

कोरानापछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारीहरु चुस्तदुरुस्त तरिकाले सञ्चालन हुन नसकेपछि सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको अगुवाइमा शमशेरगञ्जमा आयोजित कार्यक्रममा आठवटा सानाकिसान सहकारी संस्था अष्टम सानाकिसान कृषि सहकारी संस्थामा एकीकरण भएका हुन् ।

एकीकरण हुनेमा महादेवपुरी राप्ती सोनारी ८ स्थित सानाकिसान कृषि सहकारी संस्था लिमिटेड, बैजनाथ-६ स्थित लगनशील सानाकिसान कृषि सहकारी संस्था लिमिटेड, बैजनाथ–८ स्थित महिला सानाकिसान कृषि सहकारी संस्था लिमिटेड, राप्ती सोनारी–४ स्थित सूर्यलक्ष्मी सानाकिसान कृषि सहकारी संस्था लिमिटेड, राप्ती सोनारी–५ स्थित सौगात सानाकिसान कृषि सहकारी संस्था लिमिटेड, खजुरा–२ स्थित नवज्योति सानाकिसान कृषि सहकारी संस्था लिमिटेड, खजुरा–८ स्थित हातेमालो सानाकिसान कृषि सहकारी संस्था लिमिटेड र जानकी–६स्थित आपसी मेलमिलाप सानाकिसान कृषि सहकारी संस्था लिमिटेड रहेका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सभासद् दुर्गा चौधरीले नामका लागिमात्र किसान बनेर खेत बाँझो राखेका कारण राज्यले किसानका लागि सहयोग गर्न नसकेको बताएका छन् । ‘किसान हुँ’ भन्ने तर आफ्ना लागि खाने तेलसम्म किन्ने परिपाटीले कृषि र सहकारीमा लगानी बढ्न नसकेको चौधरीको भनाई रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK