×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीको रकम हिनामिना गरेर नगरप्रमुख नै फरार भएपछि…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सहकारीको रकम हिनामिना गरेर नगरप्रमुख नै फरार भएपछि…

Artha Sarokar

७ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सहकारीको रकम तिर्न नसकेपछि बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली फरार भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका नेपाली सहकारीका बचर्ताको रकम हिनामिना गरेर तीन दिनदेखि सम्पर्कविहीन भएका हुन् ।

सहकारीको लाखौँ रकम हिनामिना गरेपछि नेपालीमाथि रकम फिर्ताको निरन्तर दबाब परिरहेको थियो । सोही दबाबकाबीच उनी फरार भएको बाग्लुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन् । ‘इमेज सहकारीका बचतकर्ताहरु दिनहुँजसो निवेदन लिएर आउनुहुन्छ ।’, उनले भनिन्, ‘तर, उहाँ कहाँ हुनुहुन्छ ? केही थाहा छैन । हामी निरन्तर खोजी गर्ने प्रयासमै छौँ ।’

प्रजिअ श्रेष्ठका अनुसार नेपालीले ४ दिन अघि आर्थिक समस्या भएको कारणले आफूमाथि निरन्तर रुपमा मानसिक टर्चर आएको भन्दै इलाका प्रहरी कार्यालय बुर्तिबाङमा पत्र दिएका थिए । नेपालीले दिएको पत्रमा मानसिक तनावका कारण केही समय स्वास्थ्य उपचार गर्न बाहिर जानुपर्ने भन्दै आफ्नो सम्पत्तिको रक्षा गर्न अनुरोध गरेका थिए । तर, उनी उक्त निवेदन प्रश्चात सम्पर्कविहीन भएको प्रजिअ श्रेष्ठको भनाई छ ।

यता नगरपालिकाका उपप्रमुख धनबहादुर कठायतले पनि नेपालीले आफूलाई नगरपालिकाको कार्यवाहक जिम्मेवारी दिएर सम्पर्कविहीन भएको बताएका छन् । सम्पर्कविहीन भएपछि निरन्तर सम्पर्क गर्न खोजे पनि नेपाली सम्पर्कबाट बाहिर रहेको कठायतले बताएका छन् । नेपाली अध्यक्ष रहेको इमेज सहकारीमा बचतकर्ताको ठूलो रकम हिनामिना भएको सेयर सदस्यहरुको दाबी छ । रकम अपचलन गरेर अध्यक्ष नै फरार भएपछि अहिले बचतकर्ताहरु बिचल्लीमा परेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी