Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला बैंकले बृहत साइकल र्याली गर्दै, भाग्यमानी एक जनाले साइकल उपहार पाउने

अर्थ सरोकार

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दोस्रो वृहत साइकल र्याली आयोजना गर्ने भएको छ । जेठ २० गते(आगामी शनिवार) बिहान ७ बजे बैंकले ‘सांग्रिला साइकल र्याली २०८०’ आयोजना गर्ने भएको हो ।

सो दिन बिहान ७ बजेदेखि सांग्रिला बैंकको बालुवाटार स्थित केन्द्रिय कार्यालय अगाडिबाट कार्यक्रमको सुरुवात हुनेछ । र्यालीले शहरका मुख्य भागको परिक्रमा गर्नेछ । करिब एक घण्टा पछि सानो गौचरणको चौरमा गएर सो र्याली समाप्त हुने बैंकले जनाएको छ ।

बैंकले यस पटक डेभलपमेन्ट बैंकको छाता संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन (डिबान) सँगको सहकार्यमा यो कार्यक्रम आयोजना गर्न लागेको हो । सांग्रिला डेभलपमेन्ट बैंकले अघिल्लो वर्षको विश्व वातावरण दिवसमा पनि साइकल र्याली आयोजना गरेको थियो ।

त्यस्तै, यस साइकल र्याली कार्यक्रमको लागि White Feathers Communications, Square Eighteen, Sign Pro, Axiom Nepal Pvt. Ltd, Advan Tech Trade Link, R.D Suppliers, World Distribution Nepal Pvt. Ltd, Capital Construction Pvt. Ltd, Nepal Air Conditioning Service, Raj Trading Concern संस्थाहरुको समेत सहयोग रहेको छ ।

साइकल र्यालीमा सहभागी प्रथम ३०० सहभागी सबैलाई टिसर्टको व्यवस्था गरिएको साथै सहभागीहरु मध्ये एकजनालाई लक्की ड्रबाट साइकल उपहार समेत दिइने बैंकका सूचना अधिकारी अपूर्व प्रशाद जोशीले जानकारी दिएका छन् । यस्तै, र्यालीमा सहभागी सम्पूर्ण सहभागीलाई एउटा-एउटा बिरुवा उपहार दिइने जनाएको छ ।

त्यस्तै, साइकल र्यालीमा सहभागीताका लागि बैंकले अनलाइनबाट रजिष्ट्रेसन गर्न पाउने व्यवस्था समेत गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK