×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तदीप सहकारीका सञ्चालक १५ दिनदेखि फरार, लाखौँ रकम डुब्ने डरले बचतकर्ताहरु धर्नामा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार

PRIME CA
laxmi sunrise bank

सप्तदीप सहकारीका सञ्चालक १५ दिनदेखि फरार, लाखौँ रकम डुब्ने डरले बचतकर्ताहरु धर्नामा

काठमाडौं । एकपछि अर्को गर्दै भकाभक सहकारी भाग्ने लहड चलेका बेला बुटवलमा पनि धमाधम सहकारीका सञ्चालक फरार हुन थालेका छन् । केही समयअघि बचतकर्ताको रकम फिर्ता गर्न नसकेर शिवशिखर बहुउद्धेश्यीय सहकारी संस्था, सुप्रिम, उपकार र आगन्तुक सहकारी समस्याग्रस्त भएको घटना सेलाउन नपाउँदै सप्तदीप सहकारी पनि संकटग्रस्त बनेको हो ।

बचतकर्ताको पैसा फिर्ता गर्नै नसक्ने अवस्था आएपछि सप्तदीप सहकारीका सञ्चालक विगत १५ दिनदेखि सम्पर्कबिहीन छन् । सहकारीका संचालक नै फरार भएपछि सयौँ बचतकर्ताको करोडौँ रकम जोखिममा परेको बचतकर्ताको भनाई छ । ‘१५ दिनदेखि सहकारीमा ताला लागेको छ । सञ्चालक कहाँ छन् ? केही थाहा छैन, दुःख गरेर जम्मा गरेको लाखौँ रुपैयाँ फस्ने पीर भयो ।’, सहकारीका एक बचतकर्ताले भने, ‘बैशाख १० गते पैसा दिन्छु भनेर सहकारीले टोकन बाँडेको थियो तर टोकन दिएपछि कार्यालय बन्द छ, सञ्चालक फरार छन् ।’

सहकारीमा बिना सूचना ताला लगाएर सञ्चालक सम्पर्कबिहीन भएपछि बचतकर्ताको बचत फिर्ताको माग गर्दै विभिन्न कार्यालयहरु धाउन थालेका छन् । बचतकर्ताका अनुसार उक्त सहकारीमा ५० हजारदेखि पाँच लाखसम्म बचत गर्नेहरु छन् । तर, सहकारीका सञ्चालक नै भागेपछि अहिले बचतकर्ताहरु इलाका प्रशासन कार्यालय अघि धर्ना दिन पुगेका छन् ।

यसो त यसअघि समस्याग्रस्त भएका शिवशिखर, सुप्रिम, उपकार र आगन्तुक सहकारीका सञ्चालक पनि सम्पर्कबिहीन नै छन् । यी सहकारीले पनि बचतकर्ताको लाखौँ रकम फिर्ता गर्नुपर्ने छ । तर, सहकारीका सञ्चालक नै फरार भएपछि सयौँ बचतकर्ताहरु बिचल्लीमा परेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: